धरान÷अन्जुमन इस्लामिया धरान–३ ले आयोजना गरेको एक कार्यक्रममा ४०जना विद्यार्थीहरुलाई सम्मान र प्रोत्साहनन गरिएको छ ।
प्रदेश न. १ का आन्तरिक एवम् कानुनमन्त्री हिक्मत कार्कीले विद्यार्थीहरुलाई सम्मान तथा प्रोत्साहन गर्नुभएको हो ।
अन्जुमन इस्लामियाका सरक्षक डा. खालिद हुसैन हकले समयको गतिसँगै मस्जिदको ठाउँ जनसंख्याको अनुपातमा साँघुरो हुँदै गएको र बालबालिकाहरुलाई शिक्षा दिने स्थान पनि एकै ठाउँमा रहेकोले राष्ट्रिय मुलधारका विषयहरु समेतको शिक्षा दिने छुट्टै स्कुल भवनको आवश्यकता रहेको बताउनु भएको थियो । अध्यक्ष डा. हकको भनाई सुनेपछि आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले जग्गा उपलब्ध भएमा भवन निर्माण लगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकारमार्फत सहयोग उपलब्ध गराउने बचन दिनुभएको थियो । उता धरान उपमहानगरपालिकाकी कावा प्रमुख मञ्जु भण्डारीले मुस्लिम विद्यार्थीका लागि आफू सकारात्मक रहको र जग्गा उपलब्ध नभएसम्म घर भाडामा लिई शिक्षा प्रदान गर्न अनुदान दिने आश्वासन दिएकी थिइन् ।

कार्यक्रममा एसएई गरेका २५ र प्लस टु गरेका १५ गरी ४० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । आजभन्दा ५७ बर्ष अगाडि मस्जिद, मदर्सा र कब्रस्थानको रेखदेख गर्ने उद्देश्यका साथ गठित अन्जुमन स्लामियाँको स्थापना देखि हालसम्म संस्थापक कोषाध्यक्षको हैसियतले कार्यरत हाजी यार मोहम्मदलाई समेत सम्मान गरिएको थियो । स्मरणीय कुरा के छ भने अन्जुमन स्लामियाको संस्थापक अध्यक्ष स्वर्र्गीय हाजी मन्सुल हक वर्तमान संरक्षक डा. खालिद हुसैनका बाजे हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता शेख युसुफ अलिको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालन सचिव आफाक आलमले गर्नुभएको थियो भने स्वागत मन्तव्य मुजिल आलमले गर्नुभएको थियो ।
