भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट भविष्यमा हुने नेपाल भ्रमणको पूर्व सन्ध्यामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणमा आउदै हुनुहुन्छ ।
स्रोतहरुले दिएको जानकारी अनुसार विदेशमन्त्री स्वराज साउन ९गते शुक्रबार नेपाल आउादै हुनुहुन्छ । नेपाल भारत मन्त्रिस्तरीय संयुक्त आयोगको वैठकका लागि स्वराज नेपाल आउन लागेको बताइएको छ । दुवै देशका विदेशमन्त्रीहरुको सहभागिता रहने वैठक विगत २३ बर्षदेखि हुन सकेको थिएन । त्यसैले पनि दुवै देशका विज्ञहरुले स्वराजको नेपाल आगमनलाई विशेष महत्वका साथ लिएका छन् ।
वैठकले नेपाल भारतबीच रहेका र समय समयमा देखापर्ने समस्या र आशंकालाई चिर्ने र दीगो विश्वासको वातावरण बनाउने विज्ञहरुले विश्वास व्यक्त
गरेका छन् । भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी कुनै प्रकारको विघ्न बाधा आइनपरी यही साउन १९ गते नेपाल भ्रमणमा आउदै हुनुहुन्छ । विदेशमन्त्री स्वराजको भ्रमण मोदी भ्रमणको पूर्व तयारी पनि हो, यहाास्थित विज्ञको बुझाई छ । पराराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार विदेशमन्त्री
स्वराजको भ्रमणका क्रममा प्रधानमन्त्री तहमा हुने छलफलका लागि द्विपक्षीय सहयोगका एजेन्डा र कार्यक्रम समेत तय हुने छन् ।
