घण्टाघरबाट हेर्दा

आन्दोलन गर्ने रे
वर्ष गफाडी प्रचण्डाउले फेरि आन्दोलन गर्ने रे । नेपाली जनता आन्दोलनबाट हत्तुहैरान भइसकेका छन् । प्रचण्डाउचाहिा फेरि आन्दोलन गर्ने भन्छन् । संघीयता, धर्म निरपेक्षता, गणतन्त्र भइसकेका छन् । प्रचण्डाउचाहिा फेरि आन्दोलन गर्ने भन्छन् । संघीयता, धर्म निरपेक्षता, गणतन्त्र विरोधी प्रवल हुादै गएको र कााग्रस–एमालेको भूमिका संकास्पद भएको भन्दै उनले आन्दोलन गर्न लाग्या रे । मुलुक २०४० सालतर्फ जना लाग्यो रे प्रचण्डाउले भन्या । घण्टाघरलाई प्रचण्डाउ अबचाहिा अलि अलि कुस्केकी जस्तो लाग्न थाल्या छ । दिनदिनै ओह्रालो लाग्दै गएका उन्लाई अफन्तले पनि भकाभक छोड्दै गएका छन् । पहिला मातृकाले पिाध फर्काइदिए, त्यसपछि मणि थापाले लोप्पा खुवाइदिए, त्यसपछि वैधाउले छोडिदिए अब
बाउरामले छोड्न खोज्दैछन् । सबैतिरर् एक्लै भएका प््रचडाउले अब फुइय्यााका मान्छेलाई लिएर आन्दोलन गर्नु ? अपाmन्तले छोडेपछि एक्लिदै गएका उन्ले मधेशी र आफसगै छुट्टिएर गएकाहरुसाग हारगुहार गर्दै मोर्चा बनाएका छन् । मोर्चा पनि कााग्रेस र एमालेलाई धम्क्याउन मात्रै त हो नि, साथ देलान्जस्तो साह्रै छैन ।
माकुने मुर्रमुर्र
खप्रओले उत्तानोचित्त बनाएका माकुने अस्तिका दिन मुर्रमुर्र भए । एक त ओलीले पछारेको झ्वााक अर्कोतिर आफूले सम्पर्क कार्यालय बनाएको अर्याल होटलमा खप्रओका बलवानहरुले गएर तोडफोड गरेपछि माकुन्याउको
पारो किन नतातियोस् त ? बलवान केटाहरुले माकुनेको किन कार्यालय खोल्न देको भन्दै होटलमा तोडफोमात्र गरेनन होटलका्लाई समेत व्यवस्था गरिदिएछन् । माकुनेले बल्खु दरबारमा भाषन गर्दा भनेछन् यो त अति भयो । मेरो कार्यालय तोडफोड गरिदिए, होटल मालिलकलाई पनि व्यवस्था गर्दैछन् । त्यसपति ओली गर्जेछन् यसो प्याट प्याट र पुटपुट गरेनन् भने युवाहरुको इज्जतै के रहन्छ र ? ओलीको गर्जन पछि माकुन्याउ सास न बास भएर बल्खु छोडेर कोटेश्वर दरबार पुगि गायत्रीका हातबाट जल सिच्चन गरेपछि मात्र ठन्डा भएका थिए रे ।
पाँच खोके
म ताक्छु मुढो बञ्चरो ताक्छ घुाडो भनेझै बडो अप्ठेरा र गलगााडा भएका छन् यतिबेला हाम्रा सभासदहरु । सांसद विकास कोषबाट दश लाखसम्म खर्च गर्ने हैसियत नभएकाहरुले पााच करोडमा रडाको मच्चाउनु सर्वाङ्ग नांगो भए जस्तो मात्र हो । सविधान बनाउ है भनेर पठाएकाहरु राज्यकोषमा आाखा गाडेर कागले आफनो नाम आफै काढेर बसेझौ गरे । पााच करोड नपाए प्राण जाला झैौ गरेपछि अर्थमन्त्री रामशरण महतले यिन्लाई तत्कालका लागि एक एक करोडको रातो लालिपप चटाइदिए । रातो लालीपप चाटेर राजधानीतिरै थन्किएका स्वााठहरुले जिल्लामा आएको १० लाखचाहिा भुसुकै बिर्सिए । दनादन दश लाख केन्द्रतिरै फर्किएपछि हाम्रा गुाइठे स्वसभासदहरु अक्क न बक्क पर्‍या छन् । कतिपयले फिर्ता जान दिए कतिपयले चाहिा श्रीमतिलाई साडी,
छोराछोरीको स्कुल फि, कार्जेकर्तालाई खाजा किनिदिन भ्याएछन् ।
सभासद छोड्ने रे
जसको सिङ छैन उसैको नाम तीखे भनेझै जन्ताले जोरलात्ती बजारेर चुनाउमा चिप्पा खुवाइदिएका सद्भावना पार्टीका राजिन्दर महतोले अस्तिका दिन घुर्की लगाएको देख्दा घण्टाघरलाई माथिको उखान याद आयो । महतो यतिखेर सभासद पनि छैनन् अनि सत्तामा पनि छैनन् । कही न भएका यिनको घुर्कीचाहिा कम्ता गजबको छैन । पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान जारी नगरे सभासद छाडेर सडकमा आउने रे राजिन्दर । यिन्ले त अहिलेसम्म सत्तामै भएको भ्रम पाल्या रै’छन् । यी सडकमै त छन् नि । जन्ताले यिन्लाई सडकमै थानको लाइद्ेको कुरा यिन्ले बिर्सेछन् कि क्या हो ? फेरि यिन्ले अब सडकमा गएर आन्दोलन गर्छु भन्दा आाखा फुटेकाले पनि यिन्लाई साथ दिने छनक छैन । हिजो सत्तामा बस्दा मधेशीकै शोषण गरेर अकुत आर्जेका यिन्ले चुनाउमा समानुपातिकका तर्फबाट आफ्नै जोइलाई सभासद बनाएको मधेशीहरुले बिर्सिसकेका छैनन् । कि कसो हौं मतो जी ?
झलुको मुत्र नली
हाम्रा देशका नेताहरु साह्रै रोग्या भए । नाति नातिना खेलाएर राम नाम जेपर घरैमा थन्न्किनुपर्ने बेलामा सत्ता र कुर्सीका लागि लाप्पा खेल्ने हाम्रा नेताहरुको उपचार गर्दैमा राज्येको ढुकुटी नाश हुने भयो । भर्खरै झालेमालेका पूर्व अध्येक्षे झल्ला भलुको डाक्टरहरुले मुत्र नलीको अप्रेशन गरिदिएछन् । पिसाब फेर्दा आगो झै पोलेर ठास ठास कन्नु परेपछि डाक्टरहरुले उनको मुत्रनलीमा कैची चलाएका रै’छन् । यसको खर्चचाहिा सबै राज्येले नै
व्यहोरेछ । उता हाम्रा पर्धानमन्तरी अम्रिंकामा राज्येकोषबाटै उपचार गराएर फर्कदैछन् । झालेमालेका अध्येक्षे खप्रओको बैंककमा एक महिना दानाको उपचार भयो त्यो पनि राज्येकोषबाटै फााक । सहाना प्रधानको उपचार हुादैछ, विद्या भण्डारीको उपचार भयो
राज्येकोशबाटै । हरे भगवान † राज्येकोष यी बेकामे विरामी नेताहरुको उपचारका लागि मात्र हो कि क्या हो ? अब बन्ने सविधानमा स्पष्ट लेख्नुपर्छ कुनै पनि विरामीले राजनीति गर्न पाउादैनन्, ६०–६५ पुगेपछि घरमै थन्किुनुपर्छ । यसो भएमा राज्येकोष दुहनबाट जोगिएर विकास हुन सक्थ्यो कि ।
पर्यटकमा लफडा
पर्यटन विकास बोर्डको नामै
परिवर्तन गरी लफडा बोर्ड बनाउनुपर्ने भएको छ । झण्डै ६ महिना अगाडिदेखि पर्यटन व्यवसायी र बोर्डका मुखिया सुभास निरौलाबीचको लफडा अझै शान्त भएको छैन । बोर्डका मुखिया निरौला साह्रै चतुर खेलाडी रै’छन् । हुन त चतुर नभए बोर्डको मुखियै बन्ने थेनन् । बोर्डमा करोडौ भ्रष्ष्टाचार गरेको प्रमाण सहित व्यवसायीहरुले उजुरी दिादा समेत उन्लाई कसैले
कारबाही गर्ने हिम्मतै गरेका छैनन् । कामको सोझो सबैले गर्नुपर्छ । सबै दलका नेताले उनीबाट नमक खाएका छन् । नेताका साला, साली, भान्जा भान्जी, सात पुस्ते आफन्तसम्मले जागिर पाएका छन् । पर्यटन मन्त्री भीम आचार्यले नवौ महाधिवेशनमा गतिलै चुनावी खर्च पाएका छन् । अनि निरौलालाई छुने ताकत
कसको ? कि कसो हौ नमक खाएर झोक्रिएकाहरु ।
काम गरेनन् रे
झालेमालेको संसदीय समितिको बैठकमा सभासदहरु झालेमालेकै मन्त्रीहरुले राम्रो काम गर्न नसकेको भन्दै रोष प्रकट गरेछन् । लठुवा सभासदहरुले के विरोध गर्नु ? झालेमालेका मात्र हैन कुनै पनि दलका मन्त्रीहरु राम्रो काम गर्न गा’कै होइनन् । मन्त्री मात्र हैन सभासदहरु पनि कहाा काम गर्न गएका हुन् र ? काम गर्ने गाा भेत संविधान लेखनमा जुटी हाल्थे नि । दलाली गर्ने, विदेश भ्रमण गर्ने, मैयाहरुलाई नगरकोट डुलाउने काम किन गर्थे । आफूचाहिा फुकी भाङ्ग केही नगर्ने अनि मन्त्रीले राम्रो काम गरेनन् भनेर चोरी औाला ठड्याउनु त पाइएन नि । सभासद गतिला भए पो मन्त्री गतिला हुन्थे । कि कसो हौ ?
अन्तेमा
आफ्ना निर्दोष कार्जेकर्ता छोड भनेर आन्दोलन गरेको नेप्लीज कााग्रेस धरानका नेताहरुलाई इलाका प्रहरीका मुखियाले गुण्डा भनेपछि प्रहरी र कााग्रेसबीचमा रडाको शुरु भएको छ । प्रहरीका मुखियाले माफी माग्नुपर्ने भन्दै कााग्रेसको मिटिङले पास गर्दियो । अब भने प्रहरीका मुखिया फन्दामा परेका छन् । हाड बिनाको जिब्रो लरबरिएर चिप्ली गो । अब त कााग्रेस कार्जेकर्ताले आफ्नै विरुद्ध आन्दोलन गर्लान् जस्तो भएसी, मुखिया यतिबेला तिल्मिलिएका छन् । त्यसैले बस्न पायो भन्दैमा थ्याच्च नबस्नु बोल्न पायो भन्दैमा प्वाक्क नबोल्नु भन्या क्या ।

 

तपाईको प्रतिक्रिया