धरान/ जिल्ला टूाफिक प्रहरी कार्यालय धरानले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुलाई कडाई गर्न थालेको छ ।
मादक पदार्थ सेवन गरी जथाभावि सवारी साधन चलाउदा दुर्घटनाको जोखिम हुने मध्य नगर गर्दै जिल्ला टूाफिक प्रहरी कार्यालय धरानले मापसे चेकलाई तिब्रता दिएको जनाएको छ ।
धरान ८ स्थित तीनकुने, धरान १३ स्थित व्यास क्याम्पलाई लक्षित गरी मापसे गरिएको जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले जानकारी दिनुभयो । उहााले यी दुवै स्थान धरान प्रवेशको नाका भएका कारणले यी दुवै स्थानमा चेकजााच गर्दा प्रभावकारी हुने भएकोले दुई स्थानमा चेकजााजलाई तिब्रता दिइएको जानकारी दिनुभयो ।
विशेष गरी सुनसरीको तरहरा र धनकुटाबाट सााझको समयमा मापसे गरेर आउने युवा युवती बढी पाइएकोले पनि यस स्थानमा चेकजााचलाई कडा बनाइएको प्रनि अधिकारीले जानकारी दिनुभयो । भेडेटारको चीसो स्थानमा मापसे गेरर फर्किने र तरहराका सेकुवा सेन्टरमा मापसे गरेर फर्किने युवायुवतीको संख्यामा वृद्धि भएपछि यस स्थानमा चेकिडलाई कडा बनाइएको उहाको भनाई छ ।
यी दुई स्थानबाट दैनिक ४० देखि ५० जनाले मापसे गरेर सवारी साधन चलाइएको पाइएको र त्यस्तालाई कारबाही अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।
