पब्लिक उच्च माविमा श्रीमद् भागवत सप्ताह महायज्ञ

धरान/वैज्ञानिक आध्यात्मिक ज्ञान जीवनको शान–प्राविधिक शिक्षाको विचार युवा रोजगारको आधार भन्ने नाराका साथ विद्यालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले यहाास्थित पब्लिक उच्च मावि धरान १२ को प्रांगरणमा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको छ ।
यहाा पौष २२ गते देखि आयोजना हुने उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ यही पौष २९ गतेसम्म सञ्चालित हुने भएको छ । विद्यालयलाई प्राविधिक शिक्षा अध्ययन गराउन थप कक्षा कोठाको आवश्यक परेकोले भवन निर्माणमा महायज्ञ उपलब्धी मूलक हुने विद्यालय सञ्चालक समिति एवम्. विद्यालय परिवारको ठहर छ । महायज्ञ सञ्चालन गरी विद्यालयमा प्राविधिक शिक्षाका लागि थप कक्षा कोठा एवम् भवन बनाउन सकिने सञ्चालक समितिका अध्यक्ष अलिम अन्सारीको प्रस्ताव बमोजिम महायज्ञको आयोजना गर्न लागिएको मूल आयोजक समितिका सदस्य सचिव एवम् विद्यालयका प्रचार्य इन्द्रमोहन झाले बताउनुभयो । महायज्ञ मुल आयोजक समितिको अध्यक्षमा श्यामा रेग्मी र प्रचार प्रसार उपसमितिको संयोजकमा हरि बहादुर कार्की रहनु भएको छ भने महायज्ञको वाचकमा पण्डित दीनबन्धु पोख्र्ेल रहनु भएको छ ।

तपाईको प्रतिक्रिया