धरान/झण्डै दुई दशक अगाडि धरानमा गुणस्तरीय शैक्षिक संस्थाको आवश्यकता महसुस गरी जुझारु चारजना शिक्षाप्रेमी युवाहरुको जमर्कोबाट स्थापना भएको युरेका उच्च माविले आफ्नो स्थापनाको २१ औं बर्षगााठ यही पौष २१ गते मनाउादै छ ।
वि.सं. २०५० पौष २१ गते धरान ४ लक्ष्मी सडकमा एउटा सामन्य घर भाडामा लिएर शिक्षा प्रेमी जुझारु युवाहरु राजेन्द्र गुरुङ्ग, सुदिप एल्मो, चन्द्रदिप लामा र स्व. कुमार चेम्जोङ्गले युरेका बोर्डिङ्ग स्कुलको स्थापना गरेका थिए । हाल चारजना संस्थापक मध्ये कुमार चेम्जोङ्गको केही बर्ष अगाडि असमायिक निधन भएपछि चेम्जोङ्गकै सुपुत्र कुरन चेम्जोङ्गले संस्थापकमध्ये एकको भूमिका निर्वाह गरिरहनु भएको छ ।
कक्षा नर्सरीदेखि नै सञ्चालनमा आएको युरेका उच्च आवासीय मा.वि.ले २०५७ सालमा पहिलो पटक आफ्ना विद्यार्थीहरुलाई एसएलसीमा सहभागिता गरायो । पहिलो बर्ष नै उसले पूर्वाञ्चलमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भयो । सहभागी सम्पूर्ण विद्यार्थीहरु विशिष्ट श्रेष्ठसहित प्रथम श्रेणीमा उत्तीर्ण भएपछि युरेका उच्च मा.वि.ले आजसम्म पछाडि फर्किएर हेर्नुपरेको देखिदैन । वि.सं. २०५७ सालदेखि २०७० सालसम्म आइपुग्दा युरेका उच्च माविबाट हजारौ विद्यार्थीहरुले उत्कृष्ट अंकसहित एसएलसीमा उत्तीणमात्र
गरेका छैनन् अंक र योग्यताकै आधारमा यहाास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाण्डौ मेडिकल कलेज लगायत भारत र तेस्रो मुलुकहरुबाट डाक्टर, इन्जिनियरको उपाधि हाासिल गरिसकेको छन् ।
यरेका बोर्डिङ्ग स्कुल २०५७ सालदेखि मा.वि. र २०७२ सालदेखि उच्च माविको रुपमा सञ्चालन हुादै आएको छ । हाल विज्ञान र कमर्श संकाय सञ्चालन हुादै आएको विद्यालयबाट यी दुवै संकायमा विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउदै आएका छन् । उच्च माध्यामिक शिक्षा परिषद् पूर्वाञ्चल क्षेत्रीय कार्यालय
विराटनगरले समेत युरेका उच्च माविको शैक्षिक स्तरलाई उच्च प्राथमिकतामा राखेको छ । परिषद्का अनुसार उच्च मावितर्फको नतिजा पूर्वाञ्चलमै राम्रो स्थानमा रहेको छ ।
मिलेनियम वेवी कक्षा ९ मा
शिक्षालाई व्यवसायिक रुपमा लिएर शिक्षण संस्था सञ्चालन गर्दै आएकाहरुका लागि युरेका आवासीय उच्च मा.वि. पृथक देखिएको छ । कैयौ गरिब बालबालिकालाई युरेका आवासीय माविले नि:शुल्क रुपमा शिक्षा प्रदान गरिरहेको छ । एकजना बालिकलाई नर्सरी देखि कक्षा १२ सम्मको अध्ययन, शैक्षिक सामाग्री लगातका सम्पूर्ण सुविधा प्रदान गर्दै आएको छ । ती बालिकाको नाम हो मिली वि.क । यस सम्बन्धमा विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङ्ग
रोचक प्रसंग सुनाउनुहुन्छ । प्रिन्सिपल गुरुङ्गका अनुसार सन् २००० मा
धरानमा जो बालबालिका सबै भन्दा पहिला जन्मन्छ विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्म नि:शुल्क अध्ययन गराउने घोषणा गरेको थियो । घोषणा अनुरुप बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२.५ मा बालिकाको जन्म भयो । हामीले १२ बजे पश्चात
धरानमा अरु पनि कोही बालबच्चा जन्मएका छन् कि भनेर सोधपुछ गर्यौ । तर १२.५ मै जन्मिएकी बच्ची नै पहिलो पाएपछि विद्यालयले नै उनको नाम मिलि विक राख्यौ र अहिलेसम्म नि:शुल्क अध्यपान गराइरहेका छौं । हाल ती बालिका कक्षा ९ मा अध्ययन गर्दै
गरेको पनि प्रिन्सिपल गुरुङ्गले बताउनुभयो । मिली विकको अलवा अन्य दर्जनौ विद्यार्थीले पनि कुनै न कुनै रुपमा नि:शुल्क अध्ययन गरिरहेको संस्थापकमध्येका सुदिप एल्मोले बताउनुभयो ।
सामाजिक कार्यमा योगदान
एकाइस बर्ष अगाडि स्थापना भएको आजको युरेका आवासीय उच्च माविले सामाजिक क्षेत्रको समेत ठूलो योगदान पुर्याउदै आएको छ । धरानका विभिन्न व्यस्त सडकहरुमा हजारौ रुपैयााको लगानीमा जेब्राक्रसिङ्ग दर्जनौ स्थानमा गरिदिएको छ । जसले सडक पार गर्ने यात्रुहरुलाई आवत जावतमा सहज भएको छ । धरानको सर्दु र जलाधार क्षेत्रमा वृक्षारोपण, ६१ जना धरानका बयोगवद्धाहरुलाई दोसल्ला ओढाएर कदर पत्रसागै सम्मान, धनकुटाको मूलघाटस्थित विश्रान्ती मन्दिरमा रहेका बृद्धबृद्धाहरुलाई लत्ता कपडासहित वृद्धाहरुको रेखदेखमा सहज होस् भन्ने हेतुले आर्थिक सहयोग, हेल्दी वेवी प्रतियोगिता, धरान ८ स्थित रहेको हिमालयन रिन्छेम छोलिङ्ग बुद्धिस्ट गुम्बामा अध्ययनरत लामा विद्यार्थीहरुलाई नि:शुल्क शैक्षिक समाग्री वितरण, धरान १२ स्थित रहेको सम्यक शिक्षा समूह र धरान ३ स्थित रहेको सरस्वती बाल अनाथाश्रमलाई सहयोग प्रदान गरेर
युरका उच्च माविले आफूलाई धरानको सामाजिक गतिविधिमा समेत स्थापित गराएको छ ।
दर्जनौ पुरस्कार जित्न सफल
शैक्षिक गतिविधिसागै युरेका आवासीय उच्च माविले बाह्य गतिविधिमा समेत संलग्नता देखाउादै आएको छ । विभिन्न समयमा विभिन्न शैक्षिक संघ संस्था, सामाजिक संघ संस्थाले आयोजना गरेका क्विज प्रतियोगिता, डान्स प्रयोयोगिता, खेलकुद प्रतियोगितामा युरेकाले सधा आफूलाई अग्रस्थानमा उभ्याउादै आएको छ ।चाहे त्यस्ता प्रतियोगिताहरु देशभित्र हुन या विदेशमा हुन युरेका उच्च मावि पुरस्कार जित्नबाट कहिल्यै वञ्चित भएको देखिदैन । सन् २०१३ मा लखनउमा भएको अन्तर्राष्ट्रिय डान्स प्रतियोगितामा युरेका उच्च माविले प्रथम भई रियल स्कुल अफ नेपालको उपाधि हात पारेको थियो । उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान लगायतका २४ विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयका संस्थापक सुदिप एल्मो भन्नुहुन्छ कुनै पनि प्रतियोगिताबाट आजसम्म हामी खाली हात फर्किएका छैनौं ।
विद्यार्थी अभिनन्दित हुदै
विद्यालयले आफ्नो २१ औ स्थापना दिवसका अवसरमा एकजना पूर्व विद्यार्थीलाई अभिनन्दन समेत गर्ने भएको छ । युरेका उच्च माविबाट अध्ययन पूरा गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्वाधिक उत्कृष्ट अंक लई एमविविएस गरेका र हाल प्रतिष्ठानमै कार्यरत रहेका विद्यार्थीलाई विद्यालयले अभिनन्दन गर्न लागेको हो । यसका अलावा साइन्स एक्जिविसन, मनोरन्जनका गतिविधि समेत हुने प्रिन्सिपल राजेन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
