उदयीमान शक्ति सम्पन्न राष्ट्र भारतद्वारा चन्द्रयान–२ सफलतापूर्वक प्रक्षेपण

सञ्चार एजेन्सी÷उदयीमान शक्ति सम्पन्न राष्ट्र भारतले चन्दयान–२ को सोमबार सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
प्रक्षेपण गरिएको चन्द्रयान–२ ले चन्न्द्रमाको सहतमा पानी र खनिजको खोज गर्ने भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) का प्रमुख अधिकारी के सिवनले जनाउनु भएको छ । एक साता अगाडि नै यसको प्रक्षेपण गर्ने तयारी भए तापनि केही प्राविधिक खराबी देखिएपछि त्यसलाई जुलाई २२ का दिन दिनको ठीक २ः४३ मा प्रक्षेपण गरिएको सेवनको कथन छ ।
चन्द्रयान–२ मा ल्याण्डर विक्रम र रोवर प्रज्ञान नाम दिइएको दुईवटा उपग्रह अन्तरिक्षका लागि छुटेका छन् । भारतको श्रीहरिकोटाबाट प्रक्षेपण गरिँदा भारत सरकारले मात्र नभएर करोडौ भारतीय नागरिकहरुले खुशियाली मनाएका थिए भने संसारका अन्य देशको ध्यानसमेत चन्द्रयान–२ ले खिचेको थियो । यस भन्दा अगाडि यानको प्रक्षेपण समय १५ जुलाईलाई तोकिए पनि प्राविधिक त्रुटीले प्रक्षेपण हुनुभन्दा ५६ मिनेट अगाडि त्यसलाई स्थगित गरिएको थियो । सात दिनको अवधिमा लिम्विडको र स्टेजमा इन्धन भर्न काम पूरा भएपछि यसलाई २२ जुलाईमा प्रक्षेपण गरिएको हो ।
भारतीय न्यूजरुम पोष्टले जनाए अनुसार इसरोका अनुसार जियोसिंक्रोनस सेटेलाइट लन्च ह्वीकल मार्क–३
(जीएसएलवी मार्क–३) मा आएको सामान्य खराबी ठिक गरिएपछि यसको सफल प्रक्षेपण भएको हो । चन्द्रयान भारतको सबैभन्दा ठूलो दो्रस्रो महत्वाकांक्षी चन्द्र मिशन हो । यसलाई श्रीहरीकोटाको सतिस धवन स्पेश सेन्टरबाट भारी–भारी भरकम रकेट जियोसिन्क्रोसनस सेटेलाइट लञ्च ह्वीकल–मार्क ३ बाट लञ्च गरिएको थियो । जिएससलविलाई भारतमा वाहुवलिको नामले समेत पुकारिन्छ । यो रकेट ४४ मिटर लामो र ६४० टन वनको रहेको छ । यसमा ३.८ टन चन्द्रयान राखिएको छ ।
पृथ्वी र चन्द्रमाको दुरी ३,८४,४०० किलोमिटर छ । उडानको केही समय पछि ३७५ करोड रुपैयाको जिएसएलवी मार्क ३ रकेट, ६०३ करोड रुपैयाको चन्द्रयान–२ पृथ्वीको कक्षमा स्थापित हुन्छ । त्यसपछि मात्र चन्दमाको यात्रा शुरु हुन्छ । चन्द्रयान–२ मा रहेका विक्रम र रोबर प्रज्ञान चन्द्रमामा जान्छन् लैन्ंड र विक्रम सप्टेम्बर या अक्टुबर सम्ममा चन्द्रमामा पुग्छन् र आफ्नो काम शुरु गर्छन् । अहिलेसम्म इसरोले ३ जिएमएलवी–एमके ३ रकेट पठाएको थियो । पहिलो रकेट डिसेम्बर २०१४,दोसो ५ प्रेबुअरी २०१७ र तेसो नोेबेम्बर २०१८ मा पठाएको थियो । जिएसएलबी एमके ३ को प्रयोग भारतको अन्तरिक्ष मिशनकालागि गरिन्छ जुन २०२२ का लागि तय भएको छ ।

न्द्रयान –२ पश्चात ट्वीट गर्दै कसले के भने ?

तपाईको प्रतिक्रिया