कोशीको छेउमा बस्ने सर्वसाधारण सधै त्रसित

धरान÷ सप्तकोशी वरपर बस्ने सर्वसाधारण बर्षेनी तनावमा रहन्छन् । यसको मुख्य कारण हो कोशी फुटृन डर । २०६५ भदौ ५ गते कोशी फुटृेर सुनसरीका केही भाग डुबानमा प¥यो, धनजनको ठूलो क्षति पु¥यायो । त्यसपश्चात त झन त्यहाका सर्वसाधारण पानी प¥यो कि रात भरि निदाउदैनन् । गत शनिवार त्यस क्षेत्रबा बासिन्दामा हलचल मच्चियो । सप्तकोशी नदीमा बनेको कोशी व्यारेजको सबै ढोका खोलिए खोलिदा उनीहरुको मन अलि हलुंगो भएका महसुस भयो । बर्षेनी तनावमा बस्नुपर्ने बाध्यत भएका उनीहरुलाई भारत सरकारको अधिनमा रहेको कोशी व्यारेज नेपाल सरकारले केही गर्न नसक्दा सरकारीलाई लाचारीपनको संज्ञा दिने गरेका छन् ।
भारत सरकारले आफ्नो स्वार्थका लागि भारतले कोशी व्यारेजको निर्माण गरेको सर्वसाधारणको बुझाई छ । हुन पनि होे सप्तकोशी नदीलाई नियन्त्रण गर्न भारत सरकारले सन् १९५४, विक्रम सम्वत २०११ सालमा महत्वकांक्षी योजनाका साथ आफनो भुमिमा सिचाईको लागि भनेर कोशी व्यारेज निर्माण गरेको थियो । कोशी व्यारेजको निर्माण संगै नेपाली भुमि सुनसरीको कोशी व्यारेज क्षेत्र देखि ३२ किलोमिटर साविकको महेन्द्रनगरको सुक्रवारे सम्म ४५ वटा स्परमा आफनो नियन्त्रण रहने गरी पुर्वी तटवन्धको
रेखदेख गर्दै आएको छ । तर हरेक बर्ष बर्खायाममा कोशीको पुर्वी तटवन्ध क्षेत्रमा वसोवास गर्नेहरु कोशीले बाध फुटाउने त्रासमा हुने गर्दछन् । यसरी पुर्वी तटबन्धका बासिन्दा त्रसित हुनुको कारण कोशी नदी सहजै बग्नु नपाउनु र कोशी व्यारेर उत्तरमा बालुवा थिग्रिएर बाधको सतहमा नदी पुग्नु मुख्य कारण हो । बाढी आउदा सप्तकोशी नदीमा बनेको कोशी व्यारेजको ढोका भारतले नखोलिदिदा कोशी नदीको पुर्वी तटवन्ध भत्किने त्रासले सुनसरीबासीहरु त्रसित हुने गर्दछन् । जस अनुसार गत राति शनिबार नदीको बहाव पाँच वर्ष यताकै उच्च ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो । त्यस पछि सप्तकोशी नदीको बहाव बढेको भन्दै कोशी व्यारेजको सवै ५६ वटै ढोका खोलिएको कोशी व्यारेजका अधिकारीहरुले बताएका थिए् । तर आईतबार विहानको पानीको मापन अनुसार सप्तकोशी नदीमा शनिवार रातिको तुलनामा पानीको वहाव घटेको छ भन्दै फेरी ५६ ढोका मध्ये आईतबार विहान केही ढोका बन्द गरिएको थियो ।
यसरी कोशी व्यारेजबाट भारतले आफनो देशको बाढी नियन्त्रण गर्ने महत्वकाक्षी योजनाका साथ काम अघि बढेको हो । कोशी व्यारेजको चावी भारतको हातमा हुनुले गर्दा कोशीमा जतिखेरै पनि बर्खायाममा कोशीले पुर्वी तटबन्ध भत्काउन सकनने सम्भावना रहेको छ । रविन घिमिरेका अनुसार भारतले राति कोशी व्यारेजको पुरै ढोका खोल्नु पनि उसको चलाखी पन भएको बताउनुभयो् । कोशी व्यारेजमा थुनिएको पानी सुनसरीको चतरासम्म झण्डै ६० किलोमिटर उत्तर सम्म जम्ने भएकोले जमेको पानी खोलेर फेरी अर्काे बाढी नियन्त्रण गर्ने योजनाका साथ ५६ वटै ढोका खोलिएको हुनसक्ने घिमिरेको अडकल रहेको थियो । २०६५ साल भदौमा १ लाख ६७ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बाहाव हुदा नै कोशी पुर्वी तटवन्ध भत्काएर नदी बस्तीबाट बगेको थियो । अहिले जति जति पानी पर्छ उति उति कोशी क्षेत्रमा बसोवास गर्नेहरु त्रसित हुनुपरेको रविन घिमिरेको भनाई छ ।
यसरी सधै बर्खायाममा त्रसित हुनु सुनसरीको कोशीको पुर्वी तटबन्ध आसपासको क्षेत्र प्रकासपुर, मधुवन, पश्चिम कुसाहा र श्रीपुर हरीपुरका कासिन्दाको नियतिनै बनेको छ । पहाडमा कालो बादल मडारियो भने कति खेर कुन बेला कोशीमा बाढी आउने हो र भारतले कोशी व्यारेजको ढोका नखोल्दा धार परिवर्तन गरेर बस्तीमा पस्ने हो भन्ने चिन्ताले सताउने प्रकाशपुर सुनसरीका बाबुराम कार्की बताउनुहुन्छ ।
सन् १९५४ अर्थात विक्रम सम्वत् २०११ सालमा नेपाल सरकार संग १ सय ९९ बर्षका लागि सप्तकोशी नदीमा कोशी व्यारेज बनाउने र सो क्षेत्रको पुर्वी तटवन्धको ३२ किलोमिटर क्षेत्रमा रहेको ४५ वटा स्पर भारत सरकारले रेखदेख गर्ने गरी सम्झौता भयो । पहिले गहिरिएर बग्ने सप्तकोशी नदी कोशी व्यारेज बने पछि बालुवा र ढुंगाले पुरिएर पुर्वी तटबन्ध नजिकका वस्ति भन्दा उच्च भएर कोशी नदी वगिरहेको छ । यसले गर्दा सप्तकोशी नदीले सधै त्रास सृर्जना गर्ने गरेको स्थानीयहरु बताउछन् ।
नदीको बाढीको वहाव र मापन बुझन भारतीय अधिकारीमै निर्भर हुनुपर्ने नेपालीहरुको बाध्यता रहेको छ । बाढी आउदा मापन गर्ने नेपाल सरकारको उपकरणहरु नेपालमा जडान भए पनि काम लाग्ने अवस्थामा छैनन् । नेपाल रेडक्रस सोसाईटीको सहयोगमा सप्तकोशी नदीको पानीको बहाव र सतह मापन गर्ने यन्त्र सुनसरीको प्रकासपुर प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र चतराको कोशी पुलमा जडान गरिएको भए पनि प्रभावकारी रुपमा काम गरीरहेका छैनन् । प्रकासपुर प्रहरी चौकीको बाढी मापन यन्त्र विजुली नहुदा चल्दैन । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीको यन्त्र भने चट्याङले हानेर विग्रिएको छ ।
त्यसैले कोशी नदीको पानीको वहाव र जल सतहको बारेमा जानकारी लिनुपर्दा भारतीय कोशी व्यारेज कन्ट्रोलरुमको साहारा लिनुपर्ने बाध्यता रहेको छ । दुई दुई घण्टामा अपडेट हुने नदीको बाहावका लागि नेपाली सुरक्षाकर्मीले पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ । अझ सुनसरीको बराहक्षेत्रमा समेत भारतीय अधिकारीहरुले सप्तकोशीको मापन गर्ने गर्दछन् । त्यहाको सुचना भने अरुलाई भारतीय पक्षले दिने गरेका छैनन् । अझ सप्तकोशीमा बनेको कोशी व्यारेजको पुर्वमा भारतले लाने भनिएको नहरमा भने अहिले भारतले पानी लगेको छैन । नहर सुख्खा देखिन्छ । नहरमा पानी छोडे पनि कोशीको बहावको चाप कम हुने देखिन्छ । तर भारतले थुनेरै बाढीलाई नियन्त्रण गरेर आफनो देशमा त सुरक्षा दिन सक्ला तर नेपालमा भने यसले ठुलो जोखिम सिर्जना गर्ने गरेको छ । यसले हरेक बर्ष बर्खायाममा नेपालमा पिडा दिने गर्दछ । तसर्थ नेपाल सरकारले कोशीको बहावको विषयमा भारत सरकारसंग समवन्य गरी नेपालको जोखिमलाई न्युनिकरण गर्न अत्यन्तै जरुरी छ ।

तपाईको प्रतिक्रिया