पदयात्राबाट धरानेलाई स्वस्थ बनाउने उद्देश्यका साथ गठन भएको सेवक अभियान पा“चौ बर्षमा प्रवेश

धरान ÷ स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बोकेर गठन भएको सेवक अभियान पाचौ बर्ष पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो पाँचौ बर्षगाठ भव्यताका साथ मनाएको छ ।
धरान १५ चुम्लुङ्ग हिम भवनमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गर्नुभयो । उहाले सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत गराउनै आएको बताउनुभयो । उहाले स्वास्थ्यसंगै गरिब दुःखी, असहाय, गरिब विद्यार्थीलाई गरेको सहयोग अझ अतुलनीय भएको बताउनुभयो ।
‘पदयात्राका माध्यमबाट स्वास्थ्य’ भन्न मूल नारा बोकेको सेवक अभियानको अभियानलाई सभामुख मात्र हैन प्रदेश नंं. १ सांसदहरुले खुलेर प्रशंसा गरे । प्रत्येक शनिवार विहान पदयात्रामा चिकित्सक, शिक्षक, विद्यार्थी, तथा समाजका हरेक समुदायलाई समावेश गरी लग्ने गरेको बताउदै यसले आफ्नो स्वास्थ्यसंगै धरानको पर्यटकीय क्षेत्रको विकास हुने तर्क राखे ।
यता सेवक अभियानका अभियन्ताहरुले भने हरेक मानिसले स्वास्थकर जीवन विताउनका साथै धरानका पर्यटकीय गन्तव्यहरुको अवलोकन गराउने मुख्य उद्देश्य रहेको बताएका छन् । सेवक अभियानका पदयात्रा संयोजक अमृत थापा मगरले साउन २५ गते हुन लागेको शताब्दी पदयात्रालई भव्यताका साथ मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारको भ्रमण बर्ष २०२० लाई सार्थक बनाउन तथा धरानका पर्यटकीय क्षेत्रको प्रचारका लागि आयोजना गर्न लागिएको बताउनुभयो ।
सेवक अभियानले हालसम्म
धरानका सैयौ व्यक्तिहरुलाई धरानका अति रमणीय, पर्यटकीय क्षेत्रहरुमा पदयात्रा गराइसकेको छ । उनीहरुको उद्देश्य नै धरानका रमणीय स्थलको प्रचारप्रसारसंगै स्वास्थ जीवन हो । यसका अलावा उनीहरुले हरेक सामाजिक गतिवधिमा समेत संलग्न रहने गरेका छन् । उनीहरुको यो कार्यप्रति धरानका सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया