धरान÷ सुनसरीको धरानमा फैलिएको डेंगुको प्रकोप २ महिना वितिसक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणमा आउनुका साटो झन डेगूको सक्रमण बड्दै गएको छ ।
बैसाख ३१ गते देखि धरानमा सुरु भएको डेगूको कारण एक जनाका मृत्यु भइसकेको छ भने २ हजार भन्दा धेरै यस वाट पिडित बनेका छन् । डेंगुकै कारण धरान १५ मनु सुनुवारको मृत्यु भएको छ । धरानमा डेगुको सक्रमण हुनेको संख्या २ हजार ८० जना रहेको धरान उपमहानगर पालिकाको स्वास्थ्य शाखाकोे तथ्याङ्कमा उल्लेख छ तर निजि ल्यावहरुको तथ्याङ्क हेर्ने हो भने डेगु संक्रमितको संख्या ३ हजार भन्दा धेरै रहेको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमानमा वैसाख ३१ देखि हाल सम्म १ हजार ५ सय ४ जनामा डेंगु पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । अहिले पनि प्रतिष्ठानमा १५ जना विरामी भर्ना भई अपचार गराई
रहेको प्रतिष्ठानले जनाएको छ । विजयपुर अस्तालमा भने १८ जना डेगु सक्रमित विरामीहरु उपचाररत रहेको निर्देशक प्रभाव खतिवोडाले वताउनुभयो । एक साता सम्मको निरन्तरको बर्षाको कारण अझ धेरै डेंगु संक्रमित देखापरेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । धरानमा डेंगु नियन्त्रणलाई प्रभावकारी बनाउने भन्दै व्यापक नियन्त्रण अभियान चलाईएको थियो । त्यस ताका केही हद सम्म डेंगु नियन्त्रण उन्मुख देखिएको भएपनि अहिले आएर डेंगु संक्रमण दर उच्च भएको
छ । डेंगु नियन्त्रणमा आउन नसकेको धरान उपमहानगर पालिकाका स्वास्थ्य शाखाका प्रमुख रामवाबु यादवको भनाई छ । धरान उपमानगर पालिकाले असार पहिलो साता डेंगु नियन्त्रण अभियाननै सञ्चालन गरेको भए पनि हाल भने गर्न नसकिएको र लगातारको वर्षाका कारण पनि डेंगुको प्रकोप बढेको उहाको भनाई छ । तर उहा पहिले भन्दा केही कम भएको दावी भने गर्न छोड्नुहुन्न ।
डेगूको महामारी कायम रहेको औजार प्रकाशन सहकारी सञ्चालक समितिका अध्यक्ष मोतिराज सुनुवार वताउनुहुन्छ् । उहाले डेंगोको कारण औजार दैनिक पत्रिका समेत बन्द गर्नु परेको बताउनुभयो । औजारमा काम गर्ने पत्रकार तथा अन्य कर्मचारी समेत डेंगोका सक्रमण कारण कार्यलय आउन नसकेको कारण पत्रिका नै बन्द गर्नुपरेको उहा सुनाउनु हुन्छ ।
प्रतिष्ठान र विजयपुर अस्पताल मात्र नभई निजि ल्यावहरुमा समेत डेंगु सक्रमितहरुको भिड लाग्ने गरेको छ । मञ्जु श्री पोलिक्लिनिक सञ्चालक विकास खड्का आफm्नो दैनिक १५ देखी २९ जनामा डेगो पोजेटिभ देखिने गरेको वताउनुहुन्छ । धरानमा दूइ दर्जन बढि निजि ल्यावहरुले डेंगोको परिक्षण गर्ने गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किट अभाव भए पछि अहिले सर्वसाधारणहरु महगो मुल्य तिरेर ल्याप टेष्ट गर्न वाध्य छन् ।
असार पहिलो साताधरानमा डेगो महामारीको रुपम फैलिएपछि प्रदेश सरकार र संघियसरकारलाई धरानको डेंगु नियन्त्रणमा सहयोग मागेको धरान उपमहानगरपालिकाले केही समय अभियानलाई तिव्ररुपमा चलाएको थियो । सोही अनुसार डेंगु नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्टूोए अभियान चलाईएको थियो । अहिले त्यो अभियाननै हराएको छ । त्यसैगरी धरान उपमहानगरपालिकाले एक चिकित्सक तथा विज्ञहरुको टोली ¥यापिड रेस्पोन्स टिम नै गठन गरेर डेंगु नियन्त्रण अभियानमा लागेको थियो । अहिले त्यो टिम पनि निस्कृय जस्तै भएको छ । धरानमा फैलिएको डेगु नियन्त्रणको लागी प्रदेश सरकाले ८० लाख वजेट विनियोजन गरेको थियो तर त्यो कहा गयो कसैलाई थाहा छैन । धरानमा त्यो रकम नआएको धरान उपमहानगर पालिकाले जनाएको छ । धरान उपमहानगर पालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारी सुवेदीले आफुले वजेट विनियोजन गरेको सुनेको तर उपमहानगरमा त्यो रकम नआएको वताउनुभयो ।

