पाटीको छतले किचेर २ जनाको मृत्यु

पाँचथर÷ पाँचथरको हिलिहाङ गाउँपालिका–७ को टारीमा रहेको यलम्बर पार्क भित्र निर्माणाधीन अवस्थामा रहेको पाटीको छत खस्दा २ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे १९ दिन अगाडी निर्माण गरीएको छत ढलाईको सेटिङ खोल्ने क्रममा छत ढलेर किच्दा स्थानीय ५० बर्षीय जगत बहादुर राई र ५१ बर्षीय रुद्र राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनापश्चात जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ ।

तपाईको प्रतिक्रिया