धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

सुनसरी÷सुनसरीको देवानगंज गाउँपालिका–२ रामजानकी मन्दिर परिसर भित्र सोमबार धारिलो हतियार प्रहारबाट १ जना भारतीय नागरिकको हत्या भएको छ ।
हतियार प्रहारबाट भारत घर भई सोही मन्दिरमा ३÷४ दिन देखि बस्दै आईरहेका बर्ष ५५का बिलु यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई बिहान ६ बजेको समयमा सोही स्थान बस्ने बस्ने बर्ष ५० को महानन्द मेहेताले घाँटीमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट यादबको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवानगंज र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हतियार प्रहार गर्ने मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया