धरान÷लागू औषध बाकेर हिडिरहेको अवस्थामा तीन जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
साउन २ गते राती ११ बजेको समयमा धरान १० कलेज रोडमा लागू औषध बोकेर हिडिरहेको अवस्थामा धरान ६का २४ बर्षीय हर्क कालिकोटे, धरान ८ का २५ बर्षीय सन्तोष राई र धरान १८ का २४ बर्षीय राहुल राईलाई प्रक्राउ गरको हो ।
प्रक्राउ परेकाहरुबाट लागू औषध डाइजेलाप १८, लुपिजैसिक १८ र एभिल १८ एम्पुल बरामद गरेको छ । गस्तीका क्रममा शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरुको साथबाट लागू औषध भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिसपी ढुण्डीराज न्यौपानले जानकारी दिनुभयो । उनीहरुलाई लागू औषध मुद्दामा कारबाही अगाडि बढाइने उहाल जानकारी दिनुभयो ।
