धरान÷सुनसरीको नरसिंह गाविसका बाढी प्रभावित १८ परिवारलाई जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टले खाद्यान्न लगायतका सामाग्री
वितरण गरेको छ ।

नरसिंह गाउपालिकामा बाढीबाट सबैभन्दा बढी प्रभावित ती १८ परिवारलाई ट्रष्टका अध्यक्ष डा. खालिद हुसैन हकले इनरुवास्थित आÏनै निवासमा आयोजित एक कार्यक्रमकाबीच राहत वितरण गर्नुभएको हो । झण्डै २५ हजार रुपैया
बराबरको चामल, तेल लगायतका सामाग्रीहरु गत शनिवार उहाँले वितरण गनुृभएको थियो । त्यस अवसरमा मौलमी निजाम, मौलवी हम्माद, समाजवादी पार्टी नेपालका अध्यक्ष
भगिरथ खत्वेको सहभागिता रहेको थियो ।
