धरान÷विद्यालयको गर्मी विदालाई लक्षित गर्दै धरान बास्केटवल संघको आयोजनामा तेस्रो समर बास्केटवल ट्रेनिङ्ग क्याम्प सुरु भएको छ ।
शनिवारदेखि प्रशिक्षण सुरु भएपनि आइतवार देखि औपचारीक रुपमा ट्रेनिङ्ग क्याम्पको उद्घाटन भएको छ । विद्यालय स्तरवाट नै खेलाडी उत्पादन गर्ने उद्धेश्यले समर क्याम्पको सुरुवात गरिएको नेपाल बास्केटव संघका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सुरजकुमार लामाले बताउनुभयो ।

आयोजकले धरान उपमहागनरपालिकाको वालमैत्री अभियानमा साथ दिदै समर क्याम्पलाई “वालमैत्री समाज हाम्रो प्रदिवद्धता” नारा दिएको छ । धरान १६ रंगशाला स्थित प्रदेश १ को पहिलो इन्डोर बास्केटवल कोर्टमा संपन्न तेस्रो समर क्याम्पमा २ कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको क्याम्पका संयोजक प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनुभयो । क्याम्पमा करिव एक सय जनाले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । उनीहरुलाई प्रशिक्षक विकास चाम्लिङको नेतृत्वमा प्रदेश १ बास्केटवल टिम क्याप्टेन नविन राई, प्रशिक्षक हेमन्त राई, डा. आशा राई, पञ्चधन राई, सुजन राई, भोजराज लिम्वु, सृजन आचार्य लगायतले प्रशिक्षण दिनेछ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि धरान हङ्गकङ मञ्चका सचिव नारद राई, धरान १८ वडाध्यक्ष प्रविण राई, धरान १९ वडा सदस्य तिलक राई, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्कि लगायतको उपस्थिती रहेको थियो । सुनसरी बास्केटवल संघको सहयोग र धरान उपमहानगरपालिकाको संयोजना संपन्न क्याम्प श्रावण २३ गते सम्म चल्नेछ ।
