दिल्ली पब्लिक स्कुलका विद्यार्थी राहुल अग्रवाल फेस अफ मारवाडी विजेता

धरान÷मारवाडी समुदायको कला संस्कृति उजागर र समुदायभित्रका युवा युवतीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित मिस्टर फेस अफ मारवाडीको दोसो संस्करणमा दिल्ली पब्लिक स्कुलका विद्यार्थीै राहुल अग्रवाल फेस अफ मारवाडीको विजेता बनेका छन् ।
दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्यनरत राहुल काठमाण्डैको अन्नपूर्ण होटलमा आयोजित फेस अफ मारवाडीको विजेता बनेका हुन् । अत्यन्तै मेधावी छात्रका रुपमा रहेका राहुलले उपाधि विजेतासँगै नगद रु ५० हजार, दर्जन भन बढी गिÏट ह्याम्पर प्राप्त गरेका थिए । यसैगरी मिस पेस अफ मारवाडीको विजेता काठमाण्डौकी निशा अग्रवाल भएकी थिइन् । विजेता दुवैले निण्र्(ाायकका सामु उत्कृष्ट प्रतिभा प्रदर्शन गरेका थिए ।
फेस अफ मारवाडीको दोस्रो प्रतियोगितामा मुलुकभरिबाट ८ जना युवा र ८ जना युवतीहरुले सहभागिता जनाएका थिए । राहुलले फेस अफ मारवाडी मात्र जितेनन् उनले मिस्टर फोटो जेनिकको टाइटल समेत जितेका थिए । अन्य प्रतिष्पर्धीहरुहरुमा शिवम् अग्रवाल, सिम्रन साबुले फस्ट रनरअप टाइटलसँगै ३० हजार नगद र दर्जन भन्दा बढी गिÏट ह्याम्पर जितेका थिए । यसैगरी विराटनगरकी सुनिता वर्मा र काठमाण्डौका अजय खँडेवालले सेकेण्ड रनरअफको उपधि हात पारेका थिए । दुवैले २०÷२० हजार नगद र गिÏट ह्याम्पर हात पारेका थिए । यहाँ स्मरणीय कुरा के छ भने फेस अफ माररवाडीको फिनाले चर्चित इन्डियन टिभी होट करन कुन्द्रा र सिर्जना रेग्मीे सञ्चालन गरेका थिए भने मिसेस इन्डिया अर्थ २०१७ केी श्रेता चौधरी, व्युटिसियन रुक्सा वैध, प्रमोद अग्रवाल निर्णायकमा रहेका थिए ।

तपाईको प्रतिक्रिया