घण्टाघरबाट हेर्दा

मज्जाले बोकाएछन्
प्राकृतिक विपत्ति आयो भने सरकार र नेताको मोज भन्थे हो कि क्या हो ? यसपाला नेपालाँ बाढी पहिरो आएर सत्यनास ग¥यो । जन्ताहरु धेरै पहिरोमा चिप्लिएर छोपिए, खोला नदीमा बगे । बाँचेकाहरु भोकभोकै परे । तर नेता र मन्तरीहरुलाई ख्याल खुँदो पल्टिएन । खानेके लिए, पिनेको लिए बहाना चाहिए भन्थे हो रै’छ । जन्ताको दुर्गती हुँदा नेता र मन्तरीहरु हेलिकोप्टरमा सैयर गर्न निस्किए । आपका न वाफका धन राज्येको ढुकुटी छँदै छ । पाडो पाए नि पाडी पाए नि भतुवालाई विगौति । मान्छे मरुन कि बाँचून हेलिकोप्टरमा चढेर ठाम ठाममा लाखौको डिनर मात्र मन्तरी र नेताहरुले हसुरेनछन् आफ्ना कार्जेकर्तालाई गधै बनाएछन् । कतिपय मन्तरी र नेताहरु आफ्ना कार्जैकर्ताको बुई चढेर बाढी आ’ ठाउँमा पुगेछन् । कार्जेकताहरु पनि स्वँठै रै’छन् । सधै नेता र मन्तरीको गधै मात्र बनिरहने । नेता–मन्तरीको नजिक हुन पाए यसो गामघरतिर धक्कु लगउन पाइने आशाले तिन्ले काँधमा बोक्या हुन् । जबसम्म आफ्ना नेताको मलद्वारलाई हरिद्वार देख्न छोड्दैनन् तवसम्म न नेता सुध्रिन्छन् न मन्तरी । कि कसो हौ ?
जुत्ता लगाएर आ छन्
नेप्लिज लाँग्रेसका मुखिया छेरबहादुर बाढी पीडितको निरीक्षन गर्न अस्तिका दिन इटहरीतिर आएछन् । सुटेट बुटेट भएर आ’का तिन्ले जुत्ता लगाएर आएसी कार्जेकर्ताहरु जिल्ल परेछन् । बाढी पीडितको निरीक्षन गर्न आउँदा चप्पल कि खाली खुट्टा आउनु पर्ने होइन ? इटहरीमा आएछन् एउटा होटलमा बसेर आफ्ना नन्दीभृंगीहरुलाइ बोलाएर भाषन ठोकेछन् । हैन ती भाषन ठोक्न आका कि बाढी पीडितको अवस्था बुझ्न आका ? फेरि तिनका भाषन कस्ले बुझ्ने ? बाडी भन्यो भने पाडी भनी पठाउँछन्, पीडित भन्दा लिडित भनी पठाउँछन् । होटलमा बसेर तिन्ले यो बाढी सब भारतीय बाँधले गर्दा आ’ओ । बाँध भत्काउन सरकारले कुटनीतिक पहल गरेन भनेर भट्याएछन् । हैन यस्तो बाढी खप्रओको पालामा मात्र आ’ त हैन । छेरबहादुरको पालामा नि आ’थ्यो । त्यतिबेलाचाहिँ तिन्ले कुटनीतिक पहल किन नग¥या होला ? लौन
छेरबहादुर खप्रओले त सकेनन् सकेनन् तिमीले पनि कुटनीतिक पहल गर्दा हुन्छ नि † आखिरी बाढी पीडित नेपाली जन्तै हुन क्या रे †
बाल्देछन्
समाजवादी पार्टीका अध्येक्षे उर्फ स्वास्थ्यमन्त्री उपिन्द्र जादवको पर्देश नम्मर ं २ मा पुत्ला दहन भएछ । पुत्ला दहन विपक्षीले ग¥या होइनन् । विपक्षीले ग¥या भे यतिबेलासम्म उपिन्द्रले उत्पात मच्चाई सक्थे । प्रहरीले कति विपक्षीको टाउकामा टुटुल्को उठाइसक्थ्यो फुरौला जस्तै । पुत्ला दहन गर्ने जादवमा आफ्नै कार्जकर्ता थिए । यत्रो बाढी पहिरो गयो तर तिन्ले तराईका जन्तालाई फर्केर नि हेरेनन् । राहत दिनु त कता हो कता मर्नेलाई समवेदना र पीडितको स्वास्थ्य लाभको कामना समेत गरेनन् । सरुवा, नियुक्ति ,बढुवामा माल कमाउदैमा मन्तरी जादवलाई सु–गर्न फुर्सद छैन । विचाराले काम गरिरा’छन् भन्ने कुरा तिन्का बेकुव कार्जेकर्ताले बुझ्नु पर्दैन ? बाढी पहिरोमा मर्ने, घाइते हुने, खान नपाएकाहरु भन्दा ठूलो मन्तरी जादवले गरिरा’छन् । अनि उल्टै पुत्ला जलाई दिने ? कार्र्जेकर्ताले आफ्नै नेताको त्यस्तो खेदो त खन्नु हुँदैन नि गाँठे ?
ढिस्को देख्या कि उचाल्यो
संसारभरिका कुकुरहरु काशी जान खुब लालायित हुन्छन् रे । सरासर हिड्न पाए त काशी पुग्थे रे । तर के गर्ने
विचाराहरु आददसे मजबुर छन् । घरबाट हिडेसी’ जहा यसो ढिस्को देखिन्छ त्यही खुट्टो उचाल्यो । अनि कसरी विचराहरु काशी पुग्छन् ? हाम्रा डिग्रीधारी विद्वान डा. बाउराम भट्टरार्ईको हालत त्यस्तै छ । कहिले जनमोर्चा हुन्छन् । कहिले माउवादी हुन्छन्, कहिले नयाँ शक्तिको ढोल पिट्छन् त कहिले उपिन्द्र जादवको टाङमुनी छिर्छन । यिन्का जुनी यसैगरी जाने भयो । डिग्रीधारीले केही गर्लान् कि भन्या थ्यो । केही लछारपाटो नलाउने रै’छन् । काँग्रेसको बुइँ चढेर धन्न गोर्खाबाट संघीय निर्वाचनमा वैतरणी तरेका बाजे आयाराम र गयाराम स्वभावले झन झन उँदो पो लाग्दैछन् । कक्षा ८ नपढेकाले मुलुक हाँक्या छन् । राजनीतिमा डिग्रीधारीको काम छैन भन्थे हो कि क्या हो ? नत्र कक्षा ८ पास
गरेकालाई पछारेर मुलुक हाँक्नु पर्ने हैन र ? खै के खै के पुत्त भनेझै ।
आची ग¥यो दैलो देख्यो
नेक्पाका नेता उर्पm सुचने माने सुभाषचन्द्र नेम्बाङ्गको ढिलै भएपनि बुद्धि फिरेको देख्दा घण्टाघर दंगदाश भएको
छ । हुन त नेपालका कम्निष्टहरुको बुद्धि फिर्नु र बाह«बर्ष पछि कुत्तिको पुच्छर ढुंग्रोबाट निकाल्नु उस्तै उस्तै हो । पहिला गल्ति गर्छन् अनि अलि पछि गएर आत्म आलोचना गर्छन् । खैर जे होस अस्तिका दिन तिन्ले एक ठाममा गएर भनेछन् । २०५८ सालमा एमाले उर्फ झालेमालेले संसद अवरुद्ध गर्नु घोर गील्त थियो रे । आँची गरिसक्यो अनि दैलो देखेर के गर्नु ? २०५८ सालमा झालेमालेले कम्ता ताण्डव देखएको हैन । हल्दारे कान्छो माने गिर्जाउ पर्धानमन्तरी थे क्यारे । तिनको राजीनामा माग्दै झालेमालेले ५७ दिन संसद चल्दै द्या थेनन् । अहिले चाहिँ संसद भन्या जनताको कुरा राख्ने ठाम हो, संसदीय व्यवस्थामा संसद अवरुद्ध गर्नै हुँदैन भनेर भाषन ठोकेछन् । बाँची रहयो भने यी कानले के के सुन्नुपर्छ भन्थे हो रै’छ ।
अधिनायकवादतर्फ उमुख
नेप्लिज लाँग्रेका केन्द्रीय सदस्य डा. शेखराउले अस्तिका दिन कास्कीतिर गएर भाषन ठोकेछन् । सरकार अधिनायकवादतर्फ अगाडि बढेको छ ।
हैन शेखराउ † सरकार अधिनायकवादतर्फ अघि बढ्या भए रोक्नु पर्दैन त ? डल्लै भाषन मात्र ठोकिदिने ? सत्तामा पुगेसी सबै अधिनायनवादी नै हुन्छन् । काँग्रेस सत्तामा छँदा भा’थेन ? अर्काको आङको जुम्रा समेत देख्ने ? फेरि राष्ट्रियता सुरुक्षा विद्येयकको पनि उन्ले खोइरै खने । कँग्रसले राष्ट्रिय सुरक्षा विद्येयकलाई ससदबाट पासै गर्न नदिने रे । यस भन्दा अगाडि काँग्रेसले कतिवटा विद्येयक रोक्यो कुन्नि ? गुठी विद्येयक सडकमा जन्ता ओइरिएसीि फिर्ता भा’हो, मिडिया काउन्सिल विद्येयक देशभरका पत्रकार जागेसी थाँति राखेको हो । लाँग्रसले यस्मा वरको सिन्को पर सा¥या समेत थाहा छैन । हाउडी गफ जोतेर केही खालो सर्ला जस्तो छैन । आखिरी कमाउनिस्टको सरकारसँग दुई तिहाइ वहुमत जो छ ।
गेले आव
बीपी प्रतिष्ठानका भिसी राजकुमार रौनियार गेले आव † दायाँ फर्कियो मालै खोज्ने, बायाँ फर्कियो मालै खौज्ने, उठ्दा पनि मालै खोज्ने, सुत्दा पनि मालकै झल्झल्ती सपना देख्ने । हैन डकार्न पनि कति सक्या
हँ ? पर्धानमन्तरीलाई बाल बराबर नगन्ने, अरु मन्तरी तिन्का अगाडि गन्तीमै नआउने । कम्ता साँढे पल्टिएका थिएनन् ? कर्मचारीको तलब, मजदुरको तलब, सप्लायर्स, ठेकेदार सबैसँग पहिला दमडीकै कुरा गर्ने । दमडी विना परको सिन्को पर नसार्ने । भन्छन् नि भगवान तेरे घरमे देर है अन्धेर नहीँ । विचरालाई अन्तेमा अख्तियारको टोलीले क¥यापकुरुप पोरर झिल्टुङ्ग नाटुङ्ग गरेर काठमाण्डौ पु¥याई खोरमा खाँदेछ । खानै पर्दा पनि यसो दायाँ बायाँ मिलाएर खाएको भए आजको दिनै देख्नुपर्ने थिएन । कम्ता फुइँ लगाउदैनन थिए । जाबो मन्तरी केही होइन, अदालतमा सबै सेटिङ्ग मिला छु भनेर । अन्तेमा चैल गेले ।
अन्तेमा
धरानका जनप्रतिनिधिहरुको भुँडी हिजो आज तननन तन्कने भा’छ । जति ओइ¥याए पनि कहिलै अटसमटस नहुने । धराने जाता यतिबेला डेंगुले आलसतलास भा’छ । घरैपिच्छे डंगुका विरामी ओछ्यानमा परेका छन् । पर्देश सरकारले डेंगु भगाउन धरान उपमहानगरलाई ८० लाख द्या रे । राम राम त्यत्रो रकम यिन्ले कहाँ पु¥याए हँ ? क–कस्को पेटमा त्यो
रकमबाट झोल र चोक्टा परे ? आफ्ना कार्जैकर्तालाई बाँड्यो, झोल चोक्टाको पाटी ग¥यो, बासो लागेको पिँध हल्लायो । सिध्याए ८० लाख † जे होस खप्रओका कार्जेकर्तालाई धरानमा डेंगो आ’त दशै आए जस्तै भएछ । अब फेरि डेंगु नियेन्त्रन गर्ने भनेर घरलौरी वडा समितिबाट पैसा उठाउन थालेछन् । खाने मुँखलाई जुँगाले छेक्दैन भन्थे हो रै’छ ।

तपाईको प्रतिक्रिया