दुई जना पत्रकारसहित दश जना सम्मानित

धरान, ३ साउन ः धरानबाट प्रकाशित प्रवोध साप्ताहिकको ९ आंै बार्षिकोत्सवको अवसर पारेर दुई जना पत्रकारसहित दश जना समाजसेवीलाई सम्मान गरेको छ ।
धरानको गोर्खा डिपार्टमेन्ट स्टोरका सभाहलमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याको भन्दै सम्पादक÷प्रकाशक जमुना श्रेष्ठको माता पिताको नाममा स्थापना गरिएका विष्णु–नन्द सिर्जनशील पत्रकारिता पुरस्कारबाट गणतन्त्र एफएमका पत्रकार भरतराज शर्मा (गोपाल) र कृष्णसेन इच्छुक संस्कृति बलिदान पुरस्कारबाट चितवन रत्ननगरका लेखक तथा पत्रकार खेम थपलियालाई नगद ५÷५ हजारले पुरस्कृत गरेको हो ।
साहित्कार तथा पूर्व सांसद कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई प्रमुख अतिथि कुन्ता शर्मा, विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया