संखुवासभामा दोहोरो गोली हानाहान

संखुवासभा÷सुरक्षाकर्मी र नेकपा (नेत्रविक्रम चन्द) नेतृत्व समूहका बीचमा सोमबार विहान क्रस फायर भएको छ ।
पछिल्ला दिनमा राज्यले विप्लवका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर भिडन्तको नाममा हत्या गर्ने अभियान नै चलाएको प्रति चिन्ता व्यक्त भइरहको अवस्थामा संखुवासभा जिल्लाको उत्तरी भेग सिलिचोङ्ग १ होयेलामा दुवै पक्षबीच क्रस फायर भएपनि मानवीय क्षति भने नभएको प्रशासन स्रोतले जनाएको छ ।
संखुवासभा प्रहरी प्रमुख भिमबहादुर लामाका अनुसार सिलिचोङ्गमा विप्लव कार्यकर्ता रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उक्त स्थानमा पुग्दा एक्कासी विप्लव कार्यकर्ताले फायर खोलेपछि प्रहरीले जवाफी फायर गरेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले भने क्रस फायर लगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसी केन्द्रबाट थप सुरक्षाकर्मी मगाइएको थियो । दुवै पक्षबीचमा क्रस फायर भएपनि कुनै मानवीय क्षति भने नभएको दुलालले जानकारी दिनुभयो । काठमाण्डौबाट सेनाका ३ वटा हेलिकोप्टरमा ५० जना थप सुुरक्षाकर्मी घट्ना स्थलमा अवतरण गराइएको थियो । थप सुरक्षाकर्मीलाई घट्ना स्थल पु¥याएपछि सेनाका तीनवटै हेलिकोप्टरले संखुवासभा, भोजपुर, सोलुखुम्बुमा हवाई गस्तीसमेत गरेका थिए ।
घटनामा कुनै मानवीय क्षति नभएको बताइए तापनि विप्लव समूहले आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको जनाएको छ । बेपत्ता कार्यकर्ता गाउँमै सेल्टर लिएर बसेको या प्रहरीले प्रक्राउ गरेको विप्लव कार्यकर्ताले आशंका
गरेका छन् प्रहरीले भने कसैलाई प्रक्राउ नगरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया