इटहरी÷सफल व्यवसायी एवम् राजनैतिककर्मी दुर्गाबहादुर बस्नेत राप्रपा प्रजाान्त्रिक र ए राप्रपा राष्ट्रवादीको सुनसरी जिल्ला समायोजनबाट राप्रपा संयुक्त सुनसरीको सभापतिमा निर्विरोध चयन हुनु भएको छ ।
अत्यन्तै शालिन, मिजाशिला एवम् सरल व्यक्ति बस्नेत वि.सं. २०३५ सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । पञ्चायत कालमा उपप्रधानपञ्च जस्तो गरिमामय पदमा समेत निर्वाचित भइ ग्रामीण क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । प्रखर राष्ट्रवादी छवि भएका बस्नेतलाई आषाढ ७ गते इटहरीमा आयोजित एक कार्यक्रमका बीच सर्वसम्मतिले सभापतिमा चयन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री तथा बरिष्ठ नेता रामकुमार सुब्बा रहनु भएको थियो भने अध्यक्षता दिपेन्द्र भण्डारीले गर्नुभएको थियो । अध्यक्ष सहित ३१ सदस्यीय कार्यसमितिमा जिम्मेवारी वाँडफाँड चाँडै नै हुने नव निर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

