इटहरी÷विगतदेखि नै स्थानीय निकाय, व्यवसायिक एवम् सामाजिक संघ संस्था र केन्द्रमा समेत एकलौटी वर्चस्व कायम गर्न सफल एमाले माओवादी गठबन्धनको दुई तिहाईको ध्वाँसले इटहरी उद्योग वाणिज्य संघको निर्वाचबाट हावा खाएको छ ।
इटहरी उद्योग वाणिज्य संघको असार १४ गते भएको निर्वाचनले प्रजातान्त्रिक समूहलाई शानदार विजयी बनाएको छ । प्रजातान्त्रिक समूहको शानदार जितले इटहरीमा वामपन्थी राजनीति यथार्थमै ओह्रालो लागेको संकेत गरेको छ भने व्यवसायीदेखि सर्वसाधाणसम्मको सक्रियताले उनीहरुको प्रभाव फिक्का सावित भएको छ ।
निर्वाचन भन्दा झण्डै दुई महिना अगाडिदेखि इटहरी उद्योग वाणिज्य संघको निर्वाचनको चहल पहल बढेको थियो । मिनी संसदको झल्को दिएको संघमा यस पटक सफल युवा व्यवसायी एवम् प्रजातान्त्रिक समूहका प्रभावशाली व्यक्तित्व भीमबहादुर पौड्याल अध्यक्षमा भारी मतले विजयी हुनु भएको छ । प्रजातान्त्रिक समूहका भीमबहादुर पौड्यालले संघको निर्वाचनमा ११२६ मत अन्तरले आफ्ना प्रतिद्वन्द्वी एवम् वामपन्थी समूहका साझा उमेद्वार शैलेश विष्टलाई पराजित गर्नुभएको थियो । पौड्यालले २९०४ मत प्राप्त गर्नुभएको थियो भने विष्टले १७७८ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी निर्वाचित अध्यक्ष पौड्याल नेतृत्वको वाणिज्यतर्फका सदस्यहरुमा विष्णुप्रसाद रिजालले २५०४, अनिल सुब्बा (काका)ले २४९७, नवराज काफ्लेले २२६०, पिताम्बर पोख्रेलले २२९६, जीवन पराजुलीले २४६३, रामकुमार श्रेष्ठले २१४६, खगेन्द्र विमलीले २२४८, रामहृदय रायले १८४२, अशोक अग्रवालले १८०७ मत ल्याई विजयी हुनु भएको थियो । उता शैलेशकुमार विष्ट नेतृत्वबाट वाणिज्यतर्फबाट टंकप्रसाद खनालले १६८९, कमल पौड्यालले १६४६, माधव न्यौपानेले १५२१, लक्ष्मीप्रसाद धितालले १५०३, रितेश श्रेष्ठले १४०६, देवराज मादेनले १६६८, भोलापसाद निरौलाले १३७२, फणिन्द्र मगरले १५१५ र राजेश खनालले १३४० मत मात्र प्राप्त गर्नुभएको थियो । यसैगरी उद्योगतर्फ युवा उद्योगी दिवस पोख्रेलले ४००, मुक्ति दाहालले ३३५, विष्णु नारायण डाँगीले ३४२ र लक्ष्मण हुमागाईले ३४५ मत ल्याएर विजयी हुनु भएको थियो भने विष्ट नेतृत्वको उद्योगी सदस्यहरुमा राजेन्द्र केशरी घिमिरेले २८२, राजन भेटवालले २५८, बज्र लिम्बुले २४९ र किशन खेडियाले २१५ मत ल्याउनु भएको थियो । महिलातर्फ पौड्याल नेतृत्वकी गायत्री भण्डारीले १४१७, सविना कोइरालाले १३३४ मत ल्यएर विजयी हुनु भएको थियो भने विष्टतर्फका महिला सदस्य रञ्जु सिग्देलले ९८० र पुनम थापा मगरले ८२३ मत मात्र प्राप्त गर्र्नुभएको थियो । यसैगरी एसोसिएट्सतर्फ सुदिप घिमिरे निर्विरोध हुनु भएको थियो भने वस्तुगततर्फ बलराम भण्डारीले ९ मत ल्याएर विजयी हुनु भएको थियो । वस्तुगततर्फ उमानाथ पोख्रेले ८ र महेन्द्र रेग्मीले ८ समान मत ल्याउनु भएकोले यसको निर्धारण गोला प्रथाबाट गरिने जनाइएको छ ।
स्पष्ट रुपमा प्रजातान्त्रिक समूह र वामपन्थी समूहबीच इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा उमेद्वारदेखि मतदाताहरु विभाजित भएका
थिए । दुवै समूहमा स्थानीय पार्टी नेतृत्व, भातृ संघ, संगठनका पदाधिकारीहरु निर्वाचन प्रचारमा खटिएका थिए । वापमन्थीहरुमा भन्दा पनि प्राजाािन्त्रक समूहमा स्थानीय युवाहरु निर्वाचनमा बढी सक्रिय भएको देखिन्थ्यो । नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका पदाधिकारी, सभापति हेमकर्ण पौड्याल, नेपाल तरुण दलका जिल्ला सभापति सिजन गुरुङ्ग लगायतको निर्वाचनमा महत्वपूर्ण भूमिका देखिन्थ्यो । उद्योगी एवम् व्यवसायी सीताराम अग्रवाल भन्नुहुन्छ भीमबहादुर पौड्याललाई मतदाता व्यवसायीहरुले विजयी गराउनुको प्रमुख कारण उहाँ व्यवसायीका समस्यमा आफै गएर भिड्नु हुन्छ । एउटा सफल व्यवसायी भएको नाताले उहाँको उपस्थिति मात्र पनि व्यवसायीका लागि पर्याप्त हुन्छ । तर विष्टमा त्यो खुवी देखिएन । उहाँ सरल हुनुहुन्छ, भद्र हुनुहुन्छ, युवा हुनुहुन्छ तर व्यवसायीका समस्यामा आफै गएर भिड्न सक्ने खुवी उहाँमा देखिदैन । अर्कोतर्फ दुई तिहाइको वापन्थी सरकारले जनतामा काम भन्दा पनि भ्रममात्र छरेको परिणाम विष्टले इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा पराजय भोगेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
