विगत २० बर्षदेखि नियमित प्रकाशित हुँदै आएको धरान साप्ताहिक आफ्नो प्रकाशनको २० बर्ष पूरा गरी एक्काइसौ बर्षमा प्रवेश गरेको छ ।
आज भन्दा २१ बर्ष अगाडि सभ्य समाज निर्माणका लागि पत्रकारिताको माध्यमबाट केही योगदान गर्न सकिन्छ कि भन्ने विश्वासका साथ केही युवाहरुलाई साथमा लिएर आरम्भ भएको यात्रा २१ औं बर्षमा प्रवेश गरेको पत्तै भएन ।
दिनहरु एक तमासले बगिररहेका छन्, महिना पछि बर्षहरु थपिदै गएका छन् । हामीले थालनी गरेको यात्राले निरन्तरता पाइरहेको छ । हामी हाम्रो लक्ष्यमा विगतमा जुन उत्साहका साथ लागेका थियौ आज पनि सोही रÏतारमा लागेका छौं । समाजिक सद्भाव कायम
राख्दै भ्रष्ट आचरण, राज्यका स्रोत साधनमाथिको दोहन अर्थात अनियमितता, राष्ट्रसेवकहरुले सेवाग्राहीप्रति गर्ने दुष्कर्म हाम्रो लेखनको पाटो सदैव बन्यो । हाम्रो अविरल यात्रामा समाजको वहुसंख्यक हिस्साले समर्थन, सद्भाव देखायो भने एउटा सानो हिस्सा जसले हाम्रो यात्रमा पूर्ण विराम लगाउने घृष्टता गरिरहयो ।
एक्लो वृहस्पति झुठो हुन्छ भनेझै हामी हाम्रो यात्रात्राट विचलित भएनौं । हाम्रो यात्रामा पूर्ण विराम लगाउने चाहे भूमाफिया हुन्, चाहे पानी माफिया हुन्, चाहे वन माफिया हुन्, प्राकृतिक सम्पदा दोहन गर्ने माफिया हुन् हाम्रो स्वाभिमान, निस्वार्थ भावना, पाठकहरुले देखाएको हामी माथिको सद्भाव, समर्थन आदिबाट उनीहरु पछाडि सर्न बाध्य हुनुप¥यो । धरानसाप्ताहिक निश्चित लक्ष्य र उद्देश्यका साथ अगाडि बढेको आम पाठकहरुमा छर्लङ्ग भइसकेको छ । यस
सञ्चार माध्यमको तेजोबध गर्नकालागि स्थानीय स्तरमा मात्र नभएर प्रेस काउन्सिलले गर्ने मुल्यांकन, सञ्चार तथा प्रविधि मन्त्रालयले हेर्ने दृष्टिकोण कहिल्यै सकारात्मक भएन र देखिएन । शासकको चाकडी गरेर पत्रकारिता गर्नेहरु यहाँ पुण्य हुँदै गए तर धरान साप्ताहिकलाई आफू पुण्य हुनु थिएन । फलत ः उसका हरेक सरकरात्मक प्रयासमा नकारात्मक अवरोध सिर्जना गर्नु र गराउनु स्वभाविक थियो ।
पछिल्लो समय नेपालको पत्रकारिता क्षेत्र थप चुनौतिपूर्ण बन्दै गएको छ । शासकहरु यहाँका सञ्चारमाध्यमहरुले आफ्नो प्रशंसामा शब्द खर्चिउन भन्ने चाहन्छन् । आफ्ना विरुद्धमा विषवमन गरेर उसलाई सैह्य हुँदैन । जसका कारण सञ्चार माध्यमलाई नियन्त्रण गर्न राज्यले पछिल्लो समय प्रेस काउन्सिल विद्येयक संसदमा दर्ता
गराएको छ । जसको चौतर्फी आलोचना भइरहको छ । सञ्चारकर्मीदेखि अधिकारकर्मीहरुले गणतन्त्रमा पेस स्वतन्त्रता कब्जा जमाउन पाइँदैन भनेर सडकदेखि संसदसम्म आवाज उठाइरहेका छन् । तर साम्यवादका ठेट्नाहरु जसरी भएपनि मिडिया विद्येयक पारित गरेर सञ्चारमाध्यमलाई नत्थी लगाउने दुष्प्रयास हुँदैछ । मिडिया विद्येयक वास्तवमै संसदबाट पारित भएमा नेपालको पत्रकारिता ४० बर्ष पछाडि धकेलिन्छ । शासकहरुले जनताका काम ठीक ढंगले गर्ने हो भने सञ्चारमाध्यमबाट उनीहरुले तर्सनुपर्ने जरुरी छैन । जबरजस्ती मिडिया विद्येयक पारित भएमा आज चलिरहेका सञ्चार माध्यममध्ये अधिकांश बन्द हुने स्पष्ट छ ।
बीस बर्ष पूरा गरी एक्काइस बर्षमा प्रवेश गरेपनि चुनौतिहरु अझै विद्यमान रहेका छन् । वर्तमान शासकहरु अझ क्रुर हुँदै गएका छन् । मुलुकमा सुव्यवस्था कायम गर्ने, समृद्धि हाँसिल गने कुरा तिनका भाषणमै सीमित भएका छन् । जनहितमा गर्नुपर्ने काम भन्दापनि जनहित विपरीतका कामहरुमा अग्रसर हुने प्रवृत्तिले सीमा नाघेको छ । सत्ताधारीहरुकै तर्फबाट राज्यका सार्वजनिक जमिनहरु विक्री भएका छन्, मठ, मन्दिर र गुठीहरु कोपभाजनका शिकार भएका छन् । शासकहरुका आफन्त मालामाल भएका छन् । राज्यको ढुकुटी आफू अनुकूल खर्च गरिएका छन् । नागरिकले राज्यले यो काम ठीक ग¥यो भनेर प्रशंसा गर्ने ठाउँ कतै छैन । यस्तो अवस्थामा आगामी दिनमा धरान साप्तहिकले थप चुनौतिको कामना गर्नुपर्ने निश्चित छ । त्यसबेला आम पाठक वर्ग, शुभेच्छुक, शुभचिन्तकहरुको साथ र सहयोग अपरिहार्य रहन्छ अर्थात हामी हाम्रो मिशनमा प्रतिबद्ध छौं ।
