हिरासत भवनको ५० प्रतिशत काम सकियो

धरान÷ एक बर्ष अगाडिदेखि निर्माण शुरु भएको धरानको इलाका प्रहरी कार्यालय हाताभित्र निर्माण भएको सुविधा सम्पन्न हिरासतका दोस्रो तलाको ढलाइ सकिएको छ ।
एक बर्ष अगाडि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री हिकमत कार्कीले शिलान्यास गर्नुभएको हिरासतको पहिलो तला यस अघि नै ढलाई भइसकको छ ।
करिब ४ करोडको लगानीमा ८ कोठे भवन निर्माण गर्ने लक्ष्य अनुरुप शुरु गरिएको सो भवनका ५० प्रतिशत काम सकिएको हिरासत भवन निर्माण समितिका संयोजक मिनकुमार सुब्बाले बताउनुभयो । हिरासत भवन निर्माणको प्राविधिकका अनुसार ३ करोड ७८ लाख लागत लाग्ने उहाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकार सभासद कोषबाट १० लाख, प्रदेश सरकारबाट ४० लाख, धरान उपमहानगरपालिकाबाट ५ लाख, जनश्रमदानबाट ५५ लाख गरी १ करोड ५ लाख खर्च भइसकेको जानकारी दिनुभयो ।
सरकार र जनताको लगानीमा निर्माण भएका हिरासत निर्माणपश्चात पनि र्ेखदख गर्ने, प्रहरीले हिरासत के कसरी सञ्चालन गरिरहेको छ भन्ने विषयमा हिरासत रेखदेख समिति निर्माण गर्ने कुरामा छलफल भइरहेको उहाँले बताउनुभयो ।
उहाले अहिले भएको कार्यालयमा प्रमुख बस्ने क्वार्टर समेत नभएको बताउदै प्रहरीको कार्यशैलीलाई नियाल्ने प्रमुखको समेत कोठा निर्माण गर्न लागिएको बताउनुभयो ।
निर्माण समितिका सदस्य लक्ष्मण बस्नेतले शुरुका दिनमा निर्माण समितिबाट रकम उठाएर ४० लाख जम्मा गरेर त्यही
रकमबाट निर्माण गरिएको बताउनुभयो ।
निर्माण हुन लागेको चार हजार वर्ग फिटको दुई तेले भवनमा ८ ओटा थुनुवा कोठा निर्माण गरिने भएको संयोजक सुब्बाले बताउनुभयो । हिरासत महिला र पुरुष अलग अलग राखिनुका साथै अपांग, अशक्त तथा प्रकृति हेरेर राख्न सकिने हिरासत निर्माण गर्न लागिएको उहाँको भनाई छ ।
हिरासत भवनको दोस्रो तला ढलाईका अवसरमा प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारी, सांसद उमिता बराइली, सात्रिवी श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठले समेत अवलोकन गर्नुभएको थियो ।
२०५८ सालमा ४० जना अभियुक्त राख्ने गरी बनाईएको यहाको हिरासतको ९३ जना सम्म अभियुक्तहरु राख्नुपर्ने बाध्यता छ । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मिनकुमार सुब्बाको संयोजक १७ सदस्यीय निर्माण समिति बनाएर काम थालिएको हो । स्वास्थ्यलाई समेत ध्यानमा राखेर बनाउन लागिएको यो हिरासत भवनमा प्रकृति हेरेर थुनुवालाई राखिने भएकोले पनि यो थुनुवाघर नेपालकै नमूना हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया