धरान÷ मर्निङवाक जादा विचार गरेर जानुपर्ने अवस्था धरानमा सिर्जना भएको छ ।
एक्लै मर्निङवाक जादा धरानमा लुटिने अवस्था खतरा बढ्दै गएको
छ । अब मर्निङवाक गर्दापनि समूहमा गर्नुपर्ने भएको छ ।
मर्निङ एक्लै जादा एक महिलाको सुनको सिक्री लुटिएको घट्नाले मर्निङवाक जादा विचार पु¥यार जानुपर्ने अवस्था आएको हो ।
यस्तै घट्ना मंगलबार विहान भएको छ । मर्निङ्ग वाकमा गएकी एक महिलाको अढाईतोलाको सिक्री लुटिएको छ ।
मंगलबार विहान ५ः३० को समयमा मर्निङ गर्दै पिण्डेश्वरी चौक आइपुगेकी धरान १५ श्यामचौक ज्ञानचक्षु मार्ग बस्ने बर्ष ४०की कमला गौतमको ेमेरीगोल्ड स्कूल छेउमा आइपुग्दा घाटीमा लगाइ राखेको अढाइ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा ती युवालाई धरान प्रहरीले प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा धरान ३ का बर्ष २०का रामकुमार दर्लामी र सोही ठाउँका १८ बर्षीय विनोद राई रहेका छन् ।
उनीहरु पेशेवर चोर हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

