सप्तरी इन्चार्ज पौडेलेको हत्याका विरुद्धमा विप्लव माओवादीको नेपाल बन्दको घोषणा बन्दका कारण ठाउ ठाउमा शंकास्पद बस्तु फेला, मानवीय क्षति भने हुन पाएन

धरान÷आफ्नो कार्यकर्ताको हत्या भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लवले गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ ।
पूर्वका शैक्षिक क्षेत्र, व्यापारिक क्षेत्र, उद्योग,कलकारखाना बन्द हुनुका साथै यातायात समेत ठप्प हुदा सर्वसाधकारण मार्कामापरेका छन् ।
विहानैदेखि धरानदेखि चल्ने लामा तथा छोटा सवारी साधन नचल्दा गन्तव्यमा हिडेका यात्रुहरु भानुचौकमै अलपत्र परेका थिए ।
बन्दकै दिन विहान झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको थियो ।
प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हो । नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्द सफल र जनजीवन त्रसित पार्न मुलुकको विभिन्न ठाउँमा मंगलबार बिहानै बम र शंकास्पद वस्तु राखेका थिए ।
यसैगरी उर्लाबरी नगरपालिका ४ स्कुल डाँडामा बम फेला परेको थियो । मोरङ
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा प्रेसर कुकर बम फेला परेको थियो ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो ।
यस्तै उदयपुर र उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा मंगलबार विहानै शंकास्पद वस्तु फेला परेको थियो । सुतली बम जस्तो देखि शंकास्पद बस्तुलाइ गाईघाटबाट गएको डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिनुभयो ।
असार ५ गते विप्लव माओवादीका सर्लाही जिल्ला इन्चार्ज कमल पौडेलको प्रहरीले हत्या गरेको आरोपमा विप्लव माओवादीले बन्दका आवहान गरेको थियो ।
उनीहरुले आन्दोलनको घोषणा नै गरेका थिए । जस अन्तर्गत असार ७ गते प्रसारप्रसार, असार८ गते कोणसभा तथा घरदैलौ, असार ९ गते मसाल जुलुससँगै असार १० गते नेपाल बन्दको घोषणा गरेका थिए ।
प्रहरीले दोहोरो भीडन्तमा पौडेलको मृत्यु भएको जनाए पनि विप्लव माओवादीले भने राजनीतिक कार्यक्रम सकेर फर्कदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया