धरानका युवतीलाई आत्मरक्षा तालिम प्रदान

धरान÷सुनसरीको धरान उपमहानगरपालिकाले किशोरीहरुलाई परिचित र अपरिचितबाट हुनसक्ने लैङ्गिक हिंसा र यौन दुव्र्यहारको प्रतिकार गर्नकालागि आत्मरक्षा सहित यौन तथा प्रजनन स्वास्थ्य र व्यत्तित्व विकास प्रशिक्षण दिएपछि अहिले धरानका किशोरीहरु आफुलाई निकै सुरक्षित महसुस गर्न थालेका छन् । किशोरीहरु यौन हिंसामा पर्न सक्ने जोखिमलाई मध्यनजगर गरेर धरान उपमहानगरपालिका सामाजिक विकास महासाखाले धरान उपमहानगरका २० वटै वडाका बालिका तथा किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षा तालिमको आयोजना गरेको हो ।
यतिबेला धरानका किसोरीहरु यसरी आत्मरक्षा सम्वन्धी जानकार भए पछि आफु कसरी लैगिक तथा यौन हिंसाबाट सुरक्षित हुने भन्ने बारेमा अभ्यास गर्ने गर्दछन् । पहिलो चरणमा धरानका ९० किशोरीलाई धरान–१३ अमरहाटस्थित कवर्डहलमा पाचदिने आत्मरक्षा सामुहिक प्रशिक्षण दिईएको थियो । यस्तो तालिम पाए पछि तालिममा सहभागि किशोरीहरुलाई फाइदा पुगेको तालिममा सहभागी सदिक्षा लोहार बताउछिन् ।
पाच दिने यो तालिम किशोरीहरुको लागि निकै राम्रो उपलब्धी भएको अर्की तालिममा सहभागि कृष्टिना राई बताउछिन् ।
पाच दिन सम्म संचाल भएको यो आत्मरक्षा तालिमले धरानका ९० किशोरीहरुलाई कसरी यौन हिंसाबाट जोगिने ? अनि आफनो सुरक्षा
कसरी गर्न सकिन्छ भन्नेबारेमा सिकाईयो । तालिममा आत्म रक्षा संगै लैगिक तथा प्रजनन स्वास्थ्यको बारेमा पनि जानकारी दिईएको बताउछिन अर्का सहभागि विना तामाङ ।
धरान उपमहानगरपालिकाको २० वटा वडाका ९० जना किशोरीहरुलाई सहभागी गराएर दिएको तालिममा सहभागि किशोरीहरु पनि निकै उत्साहित भएर तालिममा सहभागि भएका थिए । यो तालिमले किशोरीहरुलाई ठुलो फाईदा पुगेको सहभागि अप्सरा खत्री
बताउछिन् ।
धरान उपमहानगरपालिकाले दिएको यो पाँच दिने तालिम संचालन गर्नुको उदेश्य के हो त ? धरान उपमहानगरपालिकाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क व्यक्ति हेमा थलङका अनुसार समाजमा हुने यौन हिंसाबाट मुक्त गर्न उनीहरुको मानसिक, शारिरिक र बौद्धिक स्तरबाटै प्रतिकार गर्न किशोरीहरुलाई सबैखाले तालिम एकिकृतरुपमा दिईएको हो ।
‘घरपरिवार देखि बाहिर समाजमा पनि किशोरीहरुले सधैं आफुलाई सुरक्षित महसुस गरुन् भनेर उपमहानगरपालिकाले भरसक धरानका सवै किशोरीलाई यो तालिम प्रशिक्षणमा सहभागि गराउने प्रयास गरेको थियो । तर यसपटकको तालिममा ९० किशोरीहरुको सहभागिता रहयो थलङ बताउनुहुन्छ ।
प्रशिक्षणमा आत्मबल बढाउदै आत्मरक्षा गर्नेदेखि जिवन उपयोगी शीप, सकारात्मक सोच, लागुपदार्थ सेवनबाट हुने असर, किशोरी अवस्थामा हुने शारिरिक परिवर्तन र त्यसको व्यबस्थापन, प्रजनन स्वास्थ्य, मनोसामाजिक परामर्ष, लैङ्गिक हिंसा र सचेतना, नाइ कसरी भन्ने, तत्काल प्रतिकार गर्ने उपायलगायत विषयमा विज्ञहरुबाट तालिम प्रदान गरियो । ‘
किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहनुभएका धरानका तेक्वान्दो प्रशिक्षक गोपाल राई यस्ता खालका तालिमले युवतीको आत्मबल बढ्ने र आत्मरक्षा गर्नसक्ने क्षमता बढ्ने बताउनुहुन्छ ।
महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउनु मुख्य उदेश्य रहेको सो तालिममा समाजमा हुने यौन दुव्र्यवहारका घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न जानकारीमूलक आत्म रक्षा सम्वन्धी सुत्रहरु सिकाईएको थियो । यो तालिम निकै उपयोगि भएको र पछिल्लो समयमा बढदै गरेको यौन हिंसाको विरुद्ध भएकोले धरान उपमहानगरपालिकाका इक्छुक किशोरीहरुलाई धरान उपमहानगरपालिका वडानं. १३ ले निःशुल्क टाईकन्दो सिकाउने पनि वडानं. १३ अध्यक्ष नेत्रप्रसाद काफ्रलेले घोषणा गर्नुभयो ।
यसरी धरानमा किशोरीहरुलाई आफनो सुरक्षा आफै गर्न सक्ने आत्मरक्षा तालिम दिए पछि तालिममा सहभागि धरानका किशोरीहरु पनि निकै सुरक्षित भएको महसुस गर्न थालेका छन् । यस्तो तालिम सुनसरीको धरानमा मात्रै होईन देशैभर संचालन गर्न आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया