धरान÷धरानमा लागू औषध कारोबारीको संख्यामा दिनप्रतिदिन बृद्धि हुदै गएपछि इलाका प्रहरी कार्यालय धरानले विद्यालय स्तरबाट नै सचेतना कार्यक्रमलाई थालनी गरेको छ ।
यसैक्रममा आइतबार लागू आषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा धरान ५ देउरालीमा रहेको हिमाली माविमा कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय धरानले समुदाय
प्रहरी साझेदारी अवधारण अन्र्तगत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको आयोजना समेत गरेको छ ।
विद्यालय उमेरका विद्यार्थीहरु जानी वा नजानी ढंगले लागू औषधको कुलतमा फस्ने गरेकाले लागू औषधप्रयोग गर्दा के हुन्छ, लागू औषध के हो ? लागू औषध नियन्त्रणका लागि के गर्नुपर्छ लगायतका विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
विद्याल स्तरदेखि नै गरिएको सचेतना कार्यक्रमले लागू औषध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विद्यालयका शिक्षकहरुले समेत बताएका थिए ।
