धरान÷धरान १४ विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने धरान उपमहानगरपालिकाको गुरु योजना अनुरुप अहिले यहा चौक चौक गल्ली गल्ली कालोपत्रे सडक बनेका छन् ।
धरानको मुख्य आकर्षक वडा नै मानिएको यस वडामा दर्जनभन्दा बढी मठ मन्दिरहरु रहेका छन् । मन्दिरकै कारण यस ठाउमा पर्यटकहरु दर्शन गर्न आउनेको संख्यामा समेत बृद्धि भएको छ ।
अहिले धरान २ सिंहदेवी चौकदेखि दन्तकाली मन्दिर तथा विजयपुर चौकसम्म रेलिङ्ग मार्गको निर्माण भएको छ । मन्दिरसम्म पैदलै हिडेर जादा सर्वसाधारण भक्तजनहरुलाई थकाइको महसु नै हुदैन । यस्तै बाटोको छेउछाउमा बतीको व्यवस्था छ जसले गर्दा रात्रीकालीन अवस्थामा समेत विजयपुरका मन्दिरसम्म पुग्न कुनै कठिनाइ हुदैन । यो मार्गको वालहरुमा पूर्वमा भएका प्रख्यात मन्दिरहरुको आकृति समेत उतारिएको छ । यसले गर्दा विजयपुरका आकर्षण अझ बढाएको छ । यस्तै धरान १५ सदन रोडदेखि दन्तकालीको २ किमी बाटो समेत कालोपत्रे भएको छ । जसले गर्दा पिण्डेश्वर मन्दिरसम्म सवारी आगमनमा समेत सहज भएको छ । यतिमात्र हैन विजयपुरमा
रहेको बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभरा मन्दिरसम्म पुग्ने सडक समेत कालोपत्रे भइसकेका छन् ।
विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सडक सञ्जाल सबै ठाउमा पुग्न जरुरी भएकोले पनि सडक निर्माणलाई प्राथमिकता दिएको धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । विजयपुरका चौक चौक गल्ली गल्ली सडक विस्तारसंगै कालोपत्रे भइरहेको बताउदै धरान १ रेडक्रसदेखि विजयपुर चौकसम्मको करिब डेढ किमी बाटो पनि निर्माण कार्य हुदै गरेको बताउनुभयो ।
विजयुरको विकास हुदा धरानको मात्र हैन प्रदेश नं. १ कै विकास हुने धरान १४ का स्थानीय प्रेमप्रसाद पराजुलीले बताउनुभयो । उहाले धरानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पहिलो प्राथमिकता सडक निर्माण नै भएको बताउनुभयो । उहाले योसंगै धरानमा रहेका मठमन्दिरको संरक्षणमा धरान उपमहानगरपालिकाले योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सडक विस्तारसंगै अहिले विजयपुरमा भएका मठमन्दिरमा दर्शन गर्न नेपालबाट हैन भारतबाट समेत सैयौ भक्तजनहरु यस मन्दिरमा पूजाआजा गर्न आउने गरेका छन् । साउन महिनामा पिण्डेश्वर मन्दिरको महिमा, दशैको समयमा दन्तकालीको महिमा यसले अझ बढाएर जाने भक्तजनहरुले विश्वास गरेका छन् ।

