पूर्वी पहाडी जिल्ला तेह्रथुमको मुख्य प्रबेशद्धार बसन्तपुरमा पछिल्लो समय नया बनेको पार्कले पुर्वका विभिन्न ठाउबाट वसन्तपुर घुम्न पुग्नेहरुको ध्यान तानेको छ । त्यहा बनेको लिम्वू जातिको मौलिक संस्कार संस्कृतिसंग सम्वन्धीत सो पार्कले धेरैको ध्यान तानेको छ ।
यो पार्क हो तेह्रथुमको बसन्तपुरमा भर्खरै बनेको चोत्लुङ पार्क । यो पार्क निकै आर्कषक छ । विना माटो र विना सिमेन्ट निर्माण गरिएको यो सुन्दर ढुंगाको पार्क यतिबेला पुर्वी पहाडी जिल्ला तेह्रथुमको प्रबेशद्धार वसन्तपुर पुग्ने जो कोहीको मन तान्ने गरेको छ । यहा लिम्वू जातिको मुन्धुममा बर्णन
गरिएका विभिन्न वस्तुहरु यहा बनाईएको छ । पहिले लिम्वू जातिको इष्ट देवता युमा माङले तान बन्ने गरेको थाकथाक खिफमा र खिवेलुङ यहा बनाईएको छ । पार्कको विचमा गाडिएको अग्लो ढुंगालाई युमा माङको खिबेलुङ भनिन्छ । यहा लिम्वू जातिको मुन्धुममा वर्णन
गरिएको नेन्दुरी पासाङ्गा, खाउमालुङ, काम्याङलुङ, हेन्जिरी हेम्बोङ्गे चोलुङ, परोक्मी याम्भामी युक्ना संगै ढुंगामा मान्छेको पाईला, कुखुराको पाईला र लिम्वू जातिको मुन्धुममा बर्णन
गरिएको रुखको टोडका बनाईएको छ । यो पार्कमा पुग्ने जो कोहीले लिम्वू जातिको मुन्धुमकोबारेमा सुनेको र खोजी गर्दे गरेको भए निकै राम्रो सहयोग पुग्ने
छ । यो चोत्लुङ पार्कको बारेमा धरानबाट पुग्नुभएका मोहन तिगेला अत्यन्तै सुन्दर रहेको बताउनुभयो ।
योे पार्क साच्चै मुन्धुमी पार्क बनेको छ । यहा लिम्वू जातिको मुन्धुममा वर्णन गरिएका प्रतिकहरु बनाईनुका साथै मुन्धुममा उल्लेख भएका बनस्पतिहरुको विरुवा पनि रोपिएको छ । यसले गर्दा यो पार्क पछिल्लो समय तेह्रथुमको बसन्तपुर पुग्ने जो कोहीलाई निकै आर्कर्षित गर्न थालेको छ । पार्क घुम्न पुग्नुभएका दिलकुमार राईको भनार्ई पनि तिगेलाको भन्दा फरक छैन । प्रचारप्रसार गर्न सकिएको खण्डमा यो पार्कमा रमाउन धेरै पर्यटक आउने उहाले बताउनुभयो ।
पार्कको निर्माण नै साच्चै अनौठो तरिकाले बनाइएको छ । लिम्वू मुन्धुममा वर्णन गरिए जसरी ढुंगा चिठ्याईएको छ । त्यो पनि विना सिमेन्ट यस्तो सुन्दर पार्क बनेपछि अहिले आएर शैक्षिक भ्रमणमा जानेहरुको पनि मुख्य आर्कषणको केन्द्र बन्न थालेको पार्क घुम्न गएका प्रज्वल ढुंगाना बताउनुहुन्छ ।
निकै उच्च ठाउमा बनेको यो पार्कदेखि बरीपरिको रमणीय दृष्य मजाले अवलोकन गर्न सकिन्छ । तेह्रथुमको लालीगुरास नगरपालिकाको वडानं. ३ मा बनेको यो चोत्लुङ पार्कले धेरैको मन तानेको छ । विराटनगरबाट घुम्न पुगेका विद्यार्थीहरुले समेत चिसोसंगै मनोरम पार्कले आफूहरुको मनै लोभ्याएको बताए ।
पुर्वको ३२ प्रजातिको गुरास पाईने ठाउ टिएमजे क्षेत्र अर्थात तीनजुरे, मिल्के र जलजले क्षेत्रको प्रबेशद्धारमै रहेको लालीगुरास नगरपालिकाको बसन्तपुर बजारमा आईपुग्ने जो कोहीको अहिले आएर मुख्य आर्कषणको केन्द्र सो चोत्लुङ पार्क बन्दै गईरहेको छ । लालीगुरास नगरपालिकाको वडानं. ३ करिव डेढ सय रोपनी जग्गामा बनेको यो चोत्लुङ पार्क निर्माणका लागि करिव १४ लाख खर्च भएको छ । चोत्लुङ पार्क बारे पार्कका योजनाकार तथा लालीगुरास नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङले आदिवासीको पहिचानसहित आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन पार्कको निर्माण गरिएको बताउनुभयो ।
जे होस पुर्वमा बसोवास गर्ने लिम्वू जातिहरुको मुन्धुममा वर्णन गरिएको मुन्धुमी पार्क तेह्रथुमको लालीगुरास नगरपालिकामा बनेको छ । यो पार्कले पुर्वका विभिन्न ठाउबाट बसन्पुर पुग्ने आन्तरिक तथा वाहय पर्यटक दुवैको ध्यान तान्न सफल भएको छ । यसले पर्यटनमा निकै ठुलो सहयोग पुगेको छ । जे होस लालीगुरास नगरपालिकाका मेयरसावले पुर्वमा एउटा ऐतिहासिक पार्क बनाउन सफल हुनुभएको छ । यस्तै कार्य अरु पनि जनप्रतिनिधिहरुले सोच्ने की ?
