सामाजिक र सांस्कृति आन्दोलनपश्चात अब एकल महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

धरान÷ एकल महिलाहरु सामाजिक, सांस्कृतिक तथा राजनीतिक अवस्थाबाट माथि उठे पनि आत्मनिर्भरको पाटोलाई अगाडि बढाएर लानुपर्ने जोड ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा बोल्ने सरोकारवालाहरुले दिएका छन् ।
‘एकल महिलाहरुको आर्थिक ससक्तीकरण, दीगो विकास लक्ष्यको आधार’ भन्ने मूल नारा नै तय गरेर मनाइएको यो दिवसमा विगतमा सामाजिक, सांस्कृतिक रुपमा धेरै
अप्ठेराहरु झेलेका एकल महिलाहरु अहिले त्यो अवस्था नभएको र अब भने आत्मनिर्भर बनाई उनीहरुको आय आम्दानीको स्रोत बढाउने तर्फ राज्यले सोच्नुपर्ने बताएका हुन् ।
धरान १७ एकल महिला समूह सुनसरीको हलमा आयोजित कार्यक्रममा एक नं. प्रदेशकी सांसद उमा बराइलीले एकल महिलाको दीगो विकासका लागि दीगो आर्थिक आयस्रोत नै भएको बताउनुभयो । उहाँले राज्यल एकल महिलाका लागि झारा टार्र्न खालका स्वरोजगार तालिमको आयोजना गर्ने गरिए पनि दीर्घकालीन आर्थिक पाटोतर्फ नसोचेकाले यस्ता कार्यक्रम प्रभावकारी नभएको बताउनुभयो । उहाले एकल महिलाका लागि एक नं. प्रदेशले समेत बजेटमा समेटिएको बताउनुभयो ।
यस्तै कुरा एकल महिला समूह सुनसरीकी संस्थापक अध्यक्ष एवम् महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईको समेत रहेको थियो । उहाँले २०५८ सालमा सर्लाहीबाट रातो टिका लगाउने अभियान शुरु गरेको यो अभियानले अहिले सार्थकता पाएको बताउदै सामाजिक तथा राजनीतिक हिसावले महिला अगाडि रहेको बताउनुभयो । उहाले यो संगसंगै एकल महिलाहरुलाई दीर्घकालीन जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउनु राज्यको दायित्व भएको बताउनुभयो ।
यता कार्यक्रममै बोल्ने धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी अधिकृत प्रज्ञादेवी निरौलाको भनाई भने पृथक रहेको थियो । उहाँले पितृ सत्तात्मक मुलुक नेपालमा शुरुवातदेखि नै अपहेलित महिलाहरुले टाउको उठाउन नसकेको बताउदै यसका लागि आफै सक्षम भएर अगाडि आए कसैको दबाब, कसैसंग आश्रित हुनुनपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश महिलाहरुले एकल महिलालाई दोस्रो विवाह गरेमा सरकारले ५० हजार रुपैया दिने कानुनी व्यवस्थाको विरोध गरेपछि अहिले त्यो अक्षय कोषमा जम्मा हुन गरेको, एकल महिलालाई ६० बर्ष पुगेपछिमात्र सामाजिक भत्ता दिने कानुनी व्यवस्था अहिले जुन उमेर समूहका एकल महिलाले पाउने, राज्यका हरेक तह तप्कामा ३३ प्रतिशत समावेस जस्ता उदाहरणीय काम महिलाहरुकै कारण भएको बताउदै अब एकल महिलाको आर्थिक सशक्तिकरणको पाटोलाई समेत सशक्त रुपमा अगाडि बढाएर लानुपर्ने बताएका थिए ।
कार्यक्रममा समाजसेवी मिना पुलामीलाई सम्मान गरिएको थियो भने एकल महिलाका ६ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
मानव अधिकारका लागि महिला भन्ने मूल उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको एकल महिला समूहको अहिले देशभर १४ जिल्लामा शाखा रहेको बताइएको छ । सुनसरीमा भने धरान उपमहानगरपालिका वडा नं. १७ मा ०६५ सालमा एकतले निर्माण भएको भवन अहिले माथिल्ला तल्ला समेत निर्माण भइसकेको छ । यो भवनमा एकल महिलाहरुलाई विभिन्न रोजगारमूलक तालिम दिनुका साथै एकल महिला र हिंसामा परेका महिलाको आश्रय स्थलका रुपमा प्रयोग गर्ने गरिएको छ ।
त्र

 

तपाईको प्रतिक्रिया