घाँटी रेटेर महिलाको हत्या, हत्यामा संग्लग्न एक पक्राउ

उदयपुर÷ उदयपुरको कटारी नगरपालिका–४ मरुवामा मंगलबार दिउँसो १२ः४० बजेको समयमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ भने हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसंग छुट्टिएर पुरानो घर देखि करिव सय मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको खुल्न आएको छ । हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया