राजधानी/बीपी नेत्र फाउन्डेशनलाई कानको शल्यचिकित्सा र स्कुल कान स्वास्थ्य कार्यक्रम अन्तर्गत भारत
सरकारले ४९ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी सम्झौतामा गत मंगलबार नेपालस्थित भारतीय
राजदुतावास र बीपी नेत्र फाउन्डेशनका बीचमा हस्ताक्षर सम्पन्न भएको छ । कानको सर्जिकल कार्यक्रम प्रशिक्षण दिने र कानको समस्याबाट पीडितहरु,
उपचारको पहुाचभन्दा बाहिर रहेकाहरुलाई मध्यनजर गरी जिल्ला कान परीक्षण केन्द्र स्थापना र कान स्वास्थ्यकर्मीलाई दक्ष बनाउने सम्झौतामा उल्लेख छ ।
परियोजनाको मुख्य उद्देश्य चरणवद्ध तरिकाले कानको समस्याबाट प्रभावित नेपालीहरुका सागै श्रवण शक्तिमा सुधार ल्याउन योगदान दिइने छ । बीपी नेत्र फाउन्डेशनको एक अनुमान अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा १२ हजार ५ सय मानिस कुनै न कुनै रुपमा कानका रोगी छन् । भारत सरकारद्वारा प्राप्त मार्थिक सहयोगबाट १ हजार २ सय ५०मा कान सर्जरी र फिट, १ हजार २ सय ५० सुनुवाई एड्स प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । हाल उपत्यकामा दुई जिल्ला ललितपुर र काठमाण्डौ पूर्वी तराइको मोरङ्ग र पहाडी जिल्ला काभ्रेपलान्चोकमा यो कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी स्कुल जाने ३७ हजार ५ सय बालबालिकाको स्क्रिनिङ्ग स्वास्थ्य कार्यक्रम काठमाण्डौ, भक्तपुर र ७५ स्कुलमा आयोजना गरिने भएको छ । यी स्कुलका ३ सय ७५ जना शिक्षकलाई कान जााचको प्रशिक्षण दिने र १ हजार स्कुल जाने विद्यार्थीलाई सुनुवाई एड्स प्रदान गरिने छ ।
