इनरुवा/आइतबार अपारन्ह ३ बजे,
सुनसरी सदरमुकम वडा नं. ६,
सामान्य कोलड्रिंग्स पसल,
स्कुल कलेज पढ्ने उमेरका युवायुवती ।
साला कप्सले गरिखान दिएन । इटहरीमा गज्जबको कमाई हुन्थ्यो । तीन महिनामै ड्यु स्कुटी किनेकी थिएा । अहिले स्कुटीमा तेल हाल्ने पैसा पनि हुादैन । आफ्नो त कमाई चौपट्ट भयो । इनरुवामा त कमाइ नै हुादैन । काम सिद्धिएपछि पैसा दिनै गाह्रो मान्छन् यहाा त ।
सुनसरी सदरमुकाम इनरुवा ६ को एउटा सामान्य कोलड्रिंग्स पसलमा पहाडे मुलुका देखिने दुई युवती र
तराई मुलका देखिने दुई युवाबीच यस्तै वार्ता भइरहेको थियो । असमान्य मेकअप र रंगीला कपडामा सजिएका युवती र सामान्य पहिरनमा रहेका युवाबीचको वार्ता कोक शास्त्रका शब्दहरु सापट लिएझौ लाग्थ्यो । युवतीहरु वेफिक्री भएर उच्छृंखलता देखाइरहेका देखिन्थे भने युवाहरु केही संकोच मान्दै दायाा बायाा हेर्थे ।
इनरुवा सदरमुकाम इनरुवामा झण्डै आधा दर्जन होटल लज सञ्चालमा रहेका छन् । एक स्थानीय व्यक्ति भन्छन् इनरुवा कुनै औद्योगिक र व्यवसायिक केन्द्र हैन । यहाा कुनै पनि मानिस बाहिरबाट आएर राती बस्दैनन् । बसेको पनि थाहा छैन । लाखौ रुपैया भाडा तिरेर यतिका होटल, लज खुलेका छन् । उनीहरु कसरी धानिरहेका छन् ? धरान र इटहरीमा यौन व्यवसायी (प्रहरीको भाषामा भुइापोत) हरुलाई पक्राउ गरी जीउ बेच्ने मास्ने, सार्वजनिक अपराधमा मुद्दा चलाउन थालेपछि इटहरी र धरानमा व्यवसाय गर्दै आएका भुइपोतहरुले यतितिबेला इनरुवा सदरमुकामलाई कार्यथलो बनाएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीमा एक बर्ष अगाडि विनोद शर्मा सरुवा भएर आएपछि इटहरीको चौबीसै घण्टा गुलजार यौन व्यवसाय छिन्नभिन्न भयो । सैयौ क्याविन रेष्टुरेन्ट र लजहरुमा हुने यौन गतिविधि नियन्त्रणलाई प्रहरीले आफ्नो मुख एजेन्डा बनायो । होटल तथा लजहरुमा हुने यौन जन्य गतिविधिले इटहरीलाई बद्नामै बनाएको थियो । इटहरीमा रहेका आमा समूहले नियन्त्रणको प्रयास भने नगरेका हैनन् तर छोरा समूह र बाउ समूह नै ती स्थानमा जाने गरेपछि उनीहरुको प्रयास सार्थक हुन सकेको थिएन । २०७१ साल असारदेखि हालसम्म इटहरीमा रहेका होटल, लज, क्याविन रेष्टुराँबाट प्रहरीले ७८ जनालाई पक्राउ गरी कारबाही चलाइसकेको छ । जसमध्ये ५१ जना महिला र २७ जना पुरुष रहेका छन् । यसमध्ये १७ जनालाई सार्वजनिक
अपराध, दुईजनालाई मानव वेचविखन तथा ओसारपसार मुद्दामा कारगार पठाइसकिएको इटहरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो । प्रहरीले नै यौन जन्य गतिविधि गराउने होटल सञ्चालक र यौनजन्य गतिविधिमा संलग्न महिला तथा युवतीहरुलाई कारबाही गरेपछि यस्तै प्रयोजनले खुलेका इटहरीका दर्जनौ होटल तथा लजहरु यतिबेला बन्द भइसकेका छन् ।
यता धरानमा समेत यौन जन्य गतिविधिमा ठूलो कमी आएको छ । इलाका प्रहरी कार्यालय धरानमा एक बर्ष अगाडि आएका प्रहरी नायव
उपरीक्षक सञ्जयसिंह थापाले समेत धरानको यौन बजारलाई नियन्त्रण गर्ने उद्देश्यले कारबाही थालेपछि धरानको यौन बजार यतिबेला सुस्ताएको छ । एक बर्षको अवधिमा प्रहरी नायव
उपरीक्षक थापाको सक्रियतामा ३७ जना यौन व्यवसायी पक्राउ परिसकेका छन् भने होटल सञ्चालक पुरुष तथा महिलालाई पनि कारबाही भइसकेको छ । यस सम्बन्धमा प्रहरी नायव
उपरीक्षक थापा भन्नुहुन्छ, यसमध्ये एकजनालाई मानव वेचविखन तथा ओसारपसारमा मुद्दा चलाइएको र हाल उनी विराटनगर कारागारमा रहेकी
छन् । अन्यलाई उच्छृंखल गतिविधि गरेको, असमाजिक काम गरेको तथा यौनजन्य गतिविधि गरेको आरेपमा सर्वजनिक अपराध ऐन अन्तर्गत
कारबाही अगाडि बढाइएको छ ।
धरान र इटहरीमा प्रहरीको निगरानी, कारबाही र धरपकट बढेपछि यो स्थानका यौन व्यवसायीले इनरुवा सदरमुकामलाई सुरक्षित ठान्ने गरेका छन् । इनरुवामा होटल तथा लजहरुले २४ घण्टा सेवा दिने भनेर समेत लेखेका
छन् । इनरुवाका एक स्थानीय बासिन्दा भन्छन्, जसरी डाक्टरले विरामी रिफर गर्छन् त्सैगरी यौनकर्मी महिला तथा युवती इटहरी र धरानबाट रिफर भएका छन् । यसरी दिनदहाडै यौन धन्दाले
सदरमुकाममा प्रश्रय पाउादा पनि प्रहरी प्रशासनले केही गर्दैन त भन्ने जिज्ञासामा उनी भन्छन्, खै गर्ने भए त अहिलेसम्म गरिहाल्थ्यो नि । चमडी जाए पर दमडी नजाए भन्ने प्रहरीले के को कारबाही गर्छन्, उनले ठट्टा गर्दै भने ।
