आफैले आफैलाई अपहरण गरेको नाटक गरेको अभियोगमा धरान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनकुटाको खुवाफोक गाविस वडा नं. ८ का ३६ बर्षीय तारा कुमार तामाङ्गले परिवार र साहुलाई तिर्नुपर्ने रकम आफूसंग नभएपछि ५ लाखसहित आफू अपहरणमा परेको नाटक गरेको प्रहरीले जानकारी दिएको छ ।
र् ऋण काढेर मलेसिया गएका उनी १३ बर्ष बस्दा समेत पैसा कमाउन नसकेपछि तामाङ्गले पौष ४ गते आफूलाई अपहरण गरी घना जंगलमा पुर्याएको परिवारलाई जानकारी गराएपछि परिवारले धनकुटा प्रहरीलाई जानकारी गराएका थिए । अपहरणमा परेका भनिएका तामाङ्गले चारकोशे झाडीको जंगलमा आफूलाई लगी धरानको हिमालन वैंकबाट निकालिएको ५ लाख लगी अलपत्र पारी छाडेको खबर परिवारलाई दिएपछि धरान प्रहरीले उनको फोन सम्पर्कबाट खोजी कार्यलाई तिब्रता बनाएपछि तामाङ्गलाई चतराबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
उहाले पक्राउ परेका उनलाई सोधपुद्धपश्चात वैदेशिक रोजगारमा जादा समेत आफूले रकम कमाउन नसकेकोले साहु र परिवारलाई झुक्याउनकै लागि अपहरणको नाटक गरेको पाइएको बताउनुभयो ।
यस्तै लागू औषध कारोबारीमा संलग्न २ जनालाई आज धरान प्रहरीले सार्वजनिक गरेको छ भने एकजनालाई मुद्धा थपका लागि इनरुवा लगिएको प्रहरीले जानकारी दिएको छ ।
पौष ६ गते धरान २० का उज्वल राई र विवके राईलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनभित्रको शौचालयमा अवैध लार्ग औषध नेरोजवेसिक ८ थान, एभिल ८ थान र डाइजेलाव ८ एम्पुल प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
त्यस्तै पौष ७ गते धरान ३ का राजेन्द खड्गीलाई नगद २३ हजार ३ सय सहित कोरेक्स २ बोतल, स्पास्मोप्रोक्सिभन १ सय १५ क्याप’ल विक्री उद्देश्यले राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको धरान प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई लागू औषध कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
