सड्न लागेको शव फेला

मोरङ्ग÷मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिकाको सुन्दर  हरैचा सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ ।
सड्न लागेको शवको पहिचान हुन नसकेको पथरी प्रहरीले जनाएको छ । पथरी बजारबाट डेढ किलोमिटर दूरी र पूर्व पश्चिम राजमार्गबाट दक्षिण एक किमीको दूरीमा शव भेटिएको हो । घाँस,दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकले रातो टिसर्ट र आधा खोलिएको अवस्थामा जिन्स पेन्ट लगाएको प्रहरीले जनाएको छ ।  शवको हालसम्म पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया