पुरानो बेहुलीलाई नया“ श्रृंगार

विराटनगर÷नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले हाल प्रस्तुत गरेको आव. ०७६÷०७७ को बजेट
वितरणमुखी भएको मात्र नभई पुरानो बेहुलीलाई नयाँ श्रृंगार गरिएको बताउनु भएको छ ।
केही समय अगाडि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीले धरान मृत सहर बन्दैछ धरानका नेतृत्वमात्र हैन यहाको स्थानीय निकाय असक्षम रहेको र हाल प्रदेश सरकारले विनियोजित गरेको बजेटप्रति नेपाली काँग्रेसका सुनसरी सभापतिसमेत रहनु भएका
कोइरालाले टिप्पणी बजेटको यथार्थ सहतमा आएको हो । अवसर शून्य रहेको धरानलाई खेलकुदको राजधानीको रुपमा विकास गर्ने ेप्रतिबद्धता स्वयम मुख्यमन्त्री शेरधन राईले धेरै पटक दोहो¥याएका थिए । तर हाल आएर खेदकुदको राजधानी नभएर खेलकुद ग्रामको रुपमा मात्र धरानको चर्चा गरिएको छ ।
नयाँ बजेट हावादारी र वितरणमुखी मात्र भएको काँग्रेस नेता कोइरालाको आरोप छ । उहाँले भन्नुभयो समग्रमा भन्ने हो भने बजेट कुखुरालाई कनिका छरे जसरी ल्याएको छ । बजेटमा कुनै नयाँपन छैन, यो बजेटले कुनै काम गर्न सकिदैन, यसले प्रदेशको समृद्धिमा कुनै उपललब्धी हासिल हुन सक्दैन कोइरालाले भन्नुभयो । उहालँे बजेटको उपलब्धीको समीक्षा हुनुपर्ने माग समेत गर्नुभएको छ । उहाँले प्रश्न गर्नुभयो प्रदेश सरकार दुई तिहाइको छ । काम गर्न के बाधा अड्चन छ ?

तपाईको प्रतिक्रिया