मुलुक यतिबेला चौतर्फी अराजकता, अनियमितता, भ्रष्टाचार, वेथितिले गाँजिएको छ । अभिव्यीक्त स्वतन्त्रतामा विस्तारै बन्देज लाग्दै गएको छ, धार्मिक सम्पदाहरु सरकारी कोप भाजनको सिकार बन्दै छन्, आवाज उठाउनेहरु राज्य दमनको कोप भाजनमा परेका छन् ।
यी यावत घट्ना क्रमहरुलाई उत्तेजित बनाउने काम सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल वास्कोटाले गरिरहेका छन् । सरकारका प्रवक्ता जस्तो मान्छेले दिने अभिव्यक्ति कतिसम्म तल्लो स्तरको, निम्छरो वा कर्कश छ भने हरेक नेपालीलाई उत्तेजित बनाएको छ ।
सरकारले गरेका गलत क्रियाकलालाई सञ्चारकर्मीहरुले जनसमक्ष ल्याउँदा सञ्चार जगतै तहसनहस बनाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गराएको छ । सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा धावा बोलिरहेको छ । पञ्चायत कालमासमेत नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित थिएन तर आज गणतन्त्रमा नागरिक स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामा सरकार पूर्ण रुपले बन्देल लगाउन उद्यत रहेको छ । विद्येयक फिर्ताको माग राखेर सञ्चारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ तर सरकारका प्रवक्ता बास्कोटा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति वडो निम्छरो ढंगले दिइरहेका छन् ।
प्रेस स्वतत्रताको आन्दोलन सडकमा चलिरहेको छ भने सरकारले पुन गुठी सम्बन्धी विवादास्पद विद्येयक संसदमा दर्ता गराएको छ । गुठीको सम्पत्तिमा सरकारी माफियाहरुले सुनियोजित षड्यन्त्रबाट हडप्न उद्यत
रहेको छ । आज नेपालमा भएका मठ मन्दिर,प्रतिष्ठान, स्कूल, कलेजका जग्गा, सम्पत्ति सरकारले उपलब्ध गराएको होइन । धर्म अनुरागी, शिक्षाप्रेमीहरुले दान दिएको सम्पत्ति हो । नेपालका धर्मसंस्कृतिको सम्बद्र्धन, संरक्षण र जगेर्ना गर्न लिच्छविकालदेखि नै दान दिने गरिएको हो । एक सय चार बर्षसम्म चलेको राणा शासकले समेत मठ मन्दिरको सम्पत्ति जगेर्ना गरिदिएका थिए । उनीहरुेल विभिन्न जात्रा र अवसरलाई ध्यानमा राखेर त्यसमा थप बृद्धि गरिदिए । पञ्चायत काल र पछिल्लो ०४६साल पश्चात समेत गुठीका सम्पत्तिमाथि गिद्धे दृष्टि लगाएनन् । हिजो त्यतिले प्रदान गरेको , निर्माण गरिदिएका मठमन्दिर आज खरबौका भएका छन् । त्यही सम्पत्तिमा आज कम्युनिस्ट सरकारका भू–माफियाहरु सल्बलाउन थालेका छन । देशैभरिका कुटी चौतरी, मठ मन्दिर आज माफियाको कब्जामा
परेका छन् । त्यसको संरक्षण, सम्बद्र्धनमा सरकार स्वयंम लाग्नुर्पेमा त्यसैको विनशमा लागेर नेपालको इतिहास नामेट गर्नु खेदजनक छ ।
आज सरकारले गुठी विद्येयक संसदमा पेश गरेको छ । गुठी विद्येयक पास भएमा त्यसले नेपालको धर्म संस्कृतिमाथि नै प्रहार र्छ । तिनै मठमन्दिरको कारण संसारभरिका पर्यटकहरु नेपाल घुम्न आउँछन् । त्यसमा भएका अलौकिक कलाको तारिफ गर्छन्, काठमाण्डौ उपत्यकामा देखिइने जात्रबाट उनीहरु मोहित हुन्छन । विश्वसामू आज नेपाललाई यहँका धर्मसंस्कृति, मैलिकता आदिले चिनाएको छ । तर सरकार यी सबै कुरा नामट गर्न उद्यत रहेको छ । यसका विरुमा आज लाखौ नागरिक सडकमा आएका छन् ।
सरकार तिनका आवाज सुन्न तयार छैन । आन्दोलनकारीहरुलाई दबाउन सरकारले हर हतकण्डा प्रयोग गरिरहेको छ । त्यसैमाथि सरकारका प्रवक्ता गोकुल वास्केटा गुठी सामन्तहरुको अवशेष भएकोले त्यसलाई नामेट पार्नुपर्छ भनेर निकृष्टताको पराकाष्टा नाघेर बोलिरहेका छन् । राजधानीका नेवार समुदाय आज सडकमा आएका छन्, नेपालका हरेक विद्वानहरुले गुठी विद्येयक फिर्ता नगरे सरकारको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिइरहेका छन् । तर सरकार टसको मस भएको छैन । गुठी विद्येयक जसरी पनि पारित गर्ने पक्षमा सरकारले राज्यसयन्त्रको चरम दुरुपयोग गरिरहेको छ । सञ्चारमन्त्रीको निम्छरो अभिव्यक्तिले आन्दोलनकारीहरुलाई सरकारप्रति अझ आक्रमक बनाएको छ भने सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने आवाज नेकपाभित्रैका प्रभावशाली नेता, सांसद र अन्य मन्त्रीबाट आउन थालेका छन् । सरकारका प्रवक्ता शालिन हुनुपर्नेमा गुण्डागर्दी शैलीमा अभिव्यक्ति दिँदै हिड्नुले सरकारको आयु घटदै गएको मान्नुपर्छ । जनता सबैभन्दा शक्तिशाली हुन्छन्, यस्तै अवस्था रहेमा जनताले सत्तामा पु¥याएको सरकारलाई सडकमा हुत्याइ दिन्छन् ।
