भारतीय राजदूतावासद्वारा पा“चौ अन्तर्राष्ट्रिय योगा दिवस सगरमाथाको फेदीमा सम्पन्न

राजधानी÷योगा एकता र शान्तिको लागि भन्ने नारासहित नेपाल स्थित भारतीय राजदूतावास काठमाण्डौले पाँचौ योगा दिवसको पूर्व सन्ध्यामा आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदी स्याङ्गबोचेमा विशेष योगा शिविरको आयोजना गरी सम्पन्न गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा संयुक्त राष्ट्र संघको महासभाले सन् २०१५ जुन २१ तारेखदेखि अन्तर्राष्ट्रिय योगा दिवस मनाउने निर्णय गरेसँगै जुन २१ देखि संसार भरि यो दिवस मनाउन थालिएको हो ।
सगरमाथाको फेदी अर्थात आधार शिविर स्याङ्गबोचे सामुन्द्रिक सहतबाट १७ हजार ६ सय फिटको उचाई मारहेको छ । यति उचाईमा आजसम्म योग शिविर सञ्चालन भएको थिएन । स्थानीयहरुलाई पहिलो पटक भारतीय राजदूतावासले योगाभ्यासको अवसर जुटाइदिएको हो । योगा मानिसको शारीरिक, मानसिक र अध्यात्मिक आचारणसँग सम्बन्धित भएकोले योग शिविरमा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो । योग शिविरमा नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरीसँगै राजदूतावासका पदाधिकारी, सोलुखुम्बु जिल्लाका महिला तथा युवा, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समितिका पदाधिकारी, एभरेष्ट भ्यु होटलका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त योग शिविर कार्यक्रममा विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुको साथै मानव जीवनमा शान्ति तथा सामान्जस्यता स्थापित गर्नु थियो । भारतको गुजरातबाट आउनु भएका योग साधक भरत शर्मा तथा अन्य पर्वतारोहीहरुले विश्वकोे सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा योगाभ्यास गरेर इतिहास रचेका छन् ।

तपाईको प्रतिक्रिया