अदुरदर्शी र निकम्बा राजनैतिक दलका कारण मुलुक संविधानविहीन भएको सात बर्ष बितिसकेको छ । आमा विरामी भएपनि लाम्टा चुस्न नछोडेको बालकले झौ राज्यको अरबौ ढुकुटी रित्याएर सात सात बर्षमा एक थान संविधान बनाउन नसक्ने पाजी नेताहरुकै कारण अन्तत: मुलुक अनिश्चयको
भुावरीमा जाकिने भयो ।
नेपालका राजनैतिक दलका नेताहरु गुण्डाहरु, भ्रष्टहरु, नैतिकहीनहरुको संरक्षणमात्र बन्न सफल भएका छन् अर्थात गुण्डाहरुको आडमा पार्टी सञ्चालन गरेका छन् । संविधानविहीन अवस्थामा हरेक दलका गुण्डाहरु खाने मामलामा एकै ठाउामा उभिन्छन् अरु बेलाचाहिा दन्तबझानमा उत्रन्छन् । विदेशीहरुले पनि नेपालको संविधानविहीन अवस्थालाई भरमार सदुपयोग गर्ने नीति अख्तियार गरेको पाइन्छ ।
मुलुकको मुल कानुन संविधान नबन्ने पक्का भएको छ । ६ सय १ धुन्धुकारी यो मुलुक, जनताका लागि अपसगुन सावित भएका छन् । सार्वमभौम सत्ता सम्पन्न हामी प्रतिनिधि हौ भन्ने अभिव्यक्ति दिएर मुलुक लुट्ने स्वघोषित लाइसेन्स प्राप्त सभासदहरु संविधान बनाउने भन्दा पनि अन्य दलालीमा लागेका छन् । जातीय नाममा संघीय राज्यको नामाकरण, धर्मनिपेक्ष लगायतका मुद्दाहरु नै देश विनासको माध्यम बन्दैछ । विगतमा क्रिश्चियनहरुको पैसा खाएर आम नेपालीको भावना विपरीत मुलुकलाई धर्म निरपेक्षता घोषणा गरे । कुनै पनि देशको धर्म संस्कृति त्यस देशको पहिचान हो । तर धर्म संस्कृति नै बेच्नेहरुले भोलिका दिनमा देशै नबेच्लान भनेर कसरी पत्याउने ?
आज धर्मको मुद्दा पेचिलो भएर देखा परेको छ । ९० प्रतिशत नेपाली जनता हिन्दु धर्म मान्छन् । वैदिक कालदेखि नै हिन्दु सनातन धर्मले नेपाल संसारका वीचमा चिनिदै आएको छ । तर लोभ र लालचका कारण नेपाललाई धर्मनिरपेक्षता घोषणा
गरेर दीर्घकालीन रुपमा द्वन्द्व र आतंक मच्चाउन खोजेको देखिन्छ । जन मानिसको आस्थामा चोट पुग्छ त्यसबेला ऊ भित्रको मानवता बााकी रहादैन । यसको पछिल्लो उदाहरण सबै दलभित्रबाट नेपाल हिन्दु राज्य हो र आगामी संविधानमा हिन्दु धर्म नलेखिए त्यस्तो संविधान च्यात्ने अभिव्यक्तिहरु जोड तोडका साथ आउन थालेका छन् । कााग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरु धर्म निरपेक्षताका विरुद्धमा खुल्न थालिसकेका छन् । यद्यपि २०६४ सालदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यो अभियानलाई उछाल्दै आएको थियो । आज उसको एजेन्डामा प्रवेश गरिसकेका छन् । नेपाली कााग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि हाल महाअभियान नै चलाएका छन् । महाअभियानको संयोजक खड्का आफै छन् । आगामी दिनमा नेपालमा कथंकदाचित संविधान बनि हालेमा हिन्दु राष्ट्र नेपाल भनेर सम्बोधन नगरिए त्यस्तो संविधान
रत्नपार्कमा च्यात्ने र जलाउने चेतावनी दिइसकेका छन् ।
यहाा स्मरणीय कुरा के छ भने विदेशी खासगरी युरोपेलीहरु नेपालमा धर्म र संघीयताका बारेमा बढी चलखेल गर्नथालेका छन् । उनीहरु नेपालमा यी दुई कुराबाट अस्थिर बनाउन चाहन्छन् । ताकि भोलिका दिनमा आफ्ना जुनसुकै अभिष्ट पनि यहााबाट पूरा गर्न सकियोस् । यसका पछिल्ला उदाहरण बनेका छन् बेलायती राजदुत एण्ड्यर स्पाक्र्स । उनले निर्लज्जतापूर्वक यहााका सभासदहरुलई पत्रै पठाएर संविधानमा धर्म परिवर्तनको बुादा राख्न आग्रह गरेका छन् । उनलाई थाहा छ यहााका सभासदहरु विकाउ छन् । त्यसैले उनले त्यस्तो पत्र पठाउने घृष्टता गरे ।
