भूकम्प पीडितका लागि भारत सरकारद्वारा १ अर्ब ६० करोड

राजधानी÷आजभन्दा पाँच बर्ष अगाडि अर्थात् २०७२ वैसाख १२ गतेको महाविनाशकारी भूकम्पले घरवारविहीन भएकाहरुको पुनर्निर्माणका लागि भारत सरकारले नेपाललाई १ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ ।
अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारलाई भारत सरकारले उक्त रकम हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभएको थियो । भूकम्पले सबै भन्दा बढी क्षति पु¥याएको गोरखा र नुवाकोटका घर पुननिर्माणमा उक्त रकम खर्च गरिने चेक हस्तान्तरणपछि बोल्दै अर्थमन्त्री युवराज खतिडाले बताउनुभयो । यसभन्दा अगाडि पनि अर्थात २०१८ मा भारत सरकारले पुनर्निर्माणका लागि २ अर्ब १० करोड र ८० करोड सहयोग उपलब्ध गराएको थियो ।
सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भन्नुभयो, भुकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुशी भएको छ । उहाँले नेपालको विकास, निर्माणको काममा भारत सरकारले सदैव सहयोग गर्ने पनि प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया