संखुवासभामा चीनले नेपाली भूमि मिच्यो

संखुवासभा÷सरकार, राजनैतिक पार्टी, नागरिक समाज तथा सरोकारवालाहरुको उदासीनाले चीनले संखुावासभा जिल्लाको उत्तरी क्षेत्रका सैयौ एकड जमिन मिचेको तथ्य सार्वजनिक भएको छ ।
उत्तरी छिमेकी चीनले नेपाली भूमि तिब्बतको सडक विस्तारको परियोजनाको माध्यमबाट मिचेको हो । संखुवासभामा मात्र चीनले ३६ एकड भूमि मिचेको स्थानीयहरुले बताएका छन् । नेपालको कृषि मन्त्रालयको नापी शाखाले २०७२ मा गरेको सर्भेक्षणबाट उक्त कुरा पुष्टि भएपनि कृषि मन्त्रालयको नापी शाखाले हाल आएर भूमि मिचिएको सार्वनिक गरेको हो । संखुवासभाको ९ स्थानमा चीनले ३६ एकड जमिन आफ्नोतर्फ पारेको छ ।
चीनले नेपालको उत्तरी सीमावर्ती क्षेत्र मिचेर धमाधम सडक विस्तार, भौतिक संरचनाहरुको निर्माण गरिरहेको छ । संखुवासभाको सान्जेनदी, भुरजंग नदी, जमुना खोलाको ६ हेक्टर जमिन चीनको केरुङ्ग क्षेत्रमा परेको छ । सडक परियोजनाको नाममा हालैमात्र ९ हेक्टर जमिन पुनः चिनले मिचेको स्थानीयहरुले बताएका छन् । कामुखोला अरुण नदी, भुजुंग नदी यसभन्दा अगाडि नेपाली भूभागमा थिए भने हाल चीनको तिडगिस्यान काउन्टीमा पारिएको छ । यतिमात्र होइन चीनले तिब्बततर्फ निर्माण गरिरहेको संरचनाका लागि स्थानीय निकाय तथा नेपाल सरकासँग स्वीकीकृति नै नलिइ अरुण खोलाबाट बालुवा, ढुंगा, गिट्टी उत्खनन गरिरहेको छ जसका कारण नेपाली भूभाग उच्च पहिरोको जोखिममा परेका छन् ।
पटक पटक स्थानीय बासिन्दाले चीनिया पक्षले निर्वाध रुपमा नेपाली भूमि मिचेको गुनासो गरेपछि सरकारले उत्तरी सीमा जोडिएकाा जिल्लाहरु ताप्लेजुङ्ग,सोलुखुम्बु, संखुवासभा लगायतका जिल्लामा सीमा सर्भेको तयारी गरेको स्रोतले जनाएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म चीनसँग सीमा जोडिएका ४३ भन्ज्याङ्ग नाकाहरु रहेका छन् । तिनै भन्ज्याङ्गहरुले दुवै देशको सीमाको काम गरिरहेका छन् । नेपालसँग सीमा जोडिएका उत्तरी क्षेत्रमा चीनले सडक विस्तारलाई तिब ्रबनाएको छ । सडक विस्तारका क्रममा तिब्बतका नदी, खोला नेपाली सीमाभित्र छिराउने र नेपाली भूभागलाई चीनको तिब्बततर्फ पार्दै लैजाने क्रम बढेको संखुवासभा नुममा ग्याल्जे शेर्पा बताउँछन् ।

तपाईको प्रतिक्रिया