सुनसरी उद्योग वाणिज्य संघको २३ औं कार्यकारिण्ीा समितिको निर्वाचनमा सापकोटा अत्याधिक वहुमतले विजयी व्यवसायीको संगठनमा राजनीति हावी : काँग्रेस निकटका श्रेष्ठलाई जिताउने ठेक्का लिनेले विगारे

धरान÷सुनसरी उद्योग वाणिज्य संघको २३ औं कार्यकारिणी समितिको सोमबार भएको निर्वाचनमा अध्यक्षमा गिरिधारी सापकोटा अत्याधिक वहुमतले विजयी भएका छन् ।
विसुद्ध व्यवसायीहरुको संगठनमा यसपटक राजनैतिक पार्टीहरु हावी भए । विगतमा पनि राजनैतिक पार्टीहरुको सामन्य चलखेल हुने गरे तापनि यसपटक प्रत्यक्ष रुपमा उनीहरुको हस्तक्षेप देखियो । निर्वाचित अध्यक्ष गिरिीधारी सापकोटालाई सत्तापक्षीय एमालेको समर्थन रहेको देखियो भने नेपाली काँग्रेस निकट मानिएका संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठलाई जिताउन ठेक्का लिने ठेकेदारहरुले नराम्रोसँग चिप्ल्याइ दिए ।
सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा आठ जना वाणिज्यतर्फको सदस्यमा अशोक जैन डाँगाले ४७५, दिनेश राईले४७१, मानबहादुर विश्वकर्माले ५८५, मनोज श्रेष्ठले ५२७, नविन राजभण्डारीले ५४६, राजेश अग्रवालले ५०३, शशी साहले ५०७, सीताराम आचार्यले ४६९ मत ल्याएर विजयी हुनु भएको थियो । वाणिज्यतर्फका ८ जना सदस्यमा १४ जनाले उमेद्वारी दिएका थिए । जसमा अमित अग्रहरीले ४५४, जयप्रकाश शर्माले ४०९, पे्रमप्रसाद पराजुलीले २८८, शैलेशकुमार आचार् (प्रमोद) ले ३५९ र उपेन्द्र चाम्लिङ्ग ४६० मत मात्र पाउनु भएको थियो भने महिला सदस्यमा शुभेच्छा अधिकारी (श्रेष्ठ) ले ४७५ मत ल्याई प्रतिद्वन्द्वी ममता शाक्यलाई पराजित गर्नुभएको थियो । यसैगरी उद्योगतर्पmको चारजनामा आठ जना प्रत्याशी रहेका थिए । जसमा पियुष राज आचार्यले ३२२, महेन्द्र प्रधानले ३१७, प्रभाव खतिवडाले २६८ र विष्णु बरालले ३३१ मत ल्याएर विजयी हुनुभएको थियो भने अनुप देवानले २०८, राजकुमार निरौलाले २०३, राजकुमार राईले २१४ र रोजन
रनपैलीले १८२ मत प्राप्त गर्नुभएको थियो । एसोसिएट्सको तीन जना सदस्यमा अनिलकुमार अग्रवालले ४६, गोपाल श्रेष्ठले ५३ र
राजेश अग्रवाल गोयलले ६२ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने शिकन मास्केले ४० र राजु साहले ३९ मत मात्र प्राप्त गरेका थिए । यसभन्दा महिला वस्तुगतका तर्फबाट शिवराज श्रेष्ठ, रामस्वरुप शर्मा र महिला उद्योगीका तर्फबाट एलिना मगर निर्विरोध निर्वाच भएका थिए ।


निर्वाचन सुनसरी उद्योग वाणिज्य सघको भएपनि झल्को स्थानीय निर्वाचन वा संसदीय निर्वाचनकै देखिन्थ्यो । धरानस्थित केन्द्रीय कार्यालय रहको मितेरी विकास बैंकका सिइओ तुलसीपसाद वस्तीको दौडधूपम हेर्न लायकको थियो । उनी मतदान हुनु भन्दा अगाडि नै हातमा आफ्ना उमेद्वारको पम्प्लेट बोकेर निर्वाचन स्थलमा पुगेका थिए । मितेरेी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष किशन मास्केलाई जिताऔ अभियानमा लागेका उनको दौडधूपलाइ धेरैले आलोचनत्मक दृष्टिले हेरेका थिए । बैंकको सिइओ जस्तो मान्छेले उद्योग वाणिज्य संघको निर्वाचनमा त्यसरी एउटा व्यक्ति वा व्यवसायीका पक्षमा मत माग्नु उपयुक्त नभएको धेरैका तर्क थियो एकजना मतदाताले भने किशन मास्के पराजित हुनुमा मितेरी विकास बैंकका सिइओ नै प्रमुख कारण बन्यो । धरानबाहेक पानमारा, तरहरा, प्रकाशपुर लगायतका स्थानमा शाखा विस्तार गर्दा कमसल जग्गाको बडी मुल्यांकन गरेर मिली भगतमा ऋण प्रदान गरेको आरोप सिइओमाथि लाग्दै आएको छ ।
अर्कोतर्पm सोमबारको मतदानमा मतदान स्थल उमेद्वारहरुका महँगा प्लेक्स बोर्डले सजिएका थिए । हरेक उम्ेद्वारले मतदान स्थल बाहिर टेन्ट लगाइ आफ्ना प्रतिनिधि राखेका थिए । अब सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन मंहगो भयो, नेतृत्व क्षमता भएका, उद्योगी व्यवसायीको हितमा काम गर्न सक्ने व्यवसायीहरुले उमेद्वारी दिदा अब सोच्नुपर्ने भएको स्थानीय परेश खतिवडाको कथन थियो ।
यहाँ आश्चर्य लाग्ने कुरा के छ भने अध्यक्षका प्रत्यासीले मात्र नभएर सदस्यका प्रत्यासीहरुले समेत निर्वाचनका दौरान लाखौ रुपैया खर्च गरेका थिए । एसोसिएट्सका तर्फबाट विजयी बन्नुभएका राजेश गोयलले भन्नुभयो, सदस्यमा निर्वाचन लड्दा समेत लाखाँै खर्च भयो । मतदाताहरुको नविकरणदेखि शुरु भएको खर्च निर्वाचनका दिनसम्म आइपुग्दा खिलाउने, पिलाउने गर्दा खर्च बढेको उनको भनाई छ । निर्वाचनका दिन समेत उमेद्वारहरुले टेन्ट टाँगेर आफ्ना मतदाता, सहयोगीहरुलाई नास्ता पानीको व्यवस्था गरेका थिए ।

तपाईको प्रतिक्रिया