अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी उत्पादनमा जोड दिन थाल्यो

विगतदेखि नै ग्रास लेबलबाट नै राष्टिूय खेलाडी उत्पादन गर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सञ्चालित एन्फा एकाडेमीमा यस बर्ष पनि प्रशिक्षण शुरु भएको छ ।
१२ बर्ष मुनिका विद्यालय पढ्दै गरेका छात्रहरुलाई अध्ययनका साथै अब्बल फुटबल खेलाडी उत्पादन गर्ने सोचले खोलिएको एकाडेमीमा यस बर्ष बुटवल र धरानमा गरी नेपाल अधिराज्यभरिबाट ५२ जना छनौटमा परेका छन् । जस अन्तर्गत धरानमा भने २७ जना रहने छन् । धरान १७ एन्फा एकाडेमीको भवनमा उनीहरुलाई एन्फाको नियम अनुरुप फुटबलको प्रशिक्षणसहित शिक्षा स्वास्थ्यमा समेत एन्फाले विशेष ध्यान दिने बताइएको छ ।
स्थानीय, प्रदेश र राष्टिूय स्तरबाट छनौटमा परेका २७ जना देशका विभिन्न स्थानबाट आएका १२ बर्ष मुनिका विद्यार्थीहरुलाई एन्फा एकाडेमीले आज विशेष स्वागत गरे । स्वागतसंगै एन्फाको नियम अनुरुप अनुशासित भई फुटबल खेलमा दक्ष भएर लाग्न समेत उनीहरुले आग्रह गरे । फुटबल खेलमा राष्ट्रिय खेलाडी उत्पादनसंगै खेलाडीहरुलाई व्यवसायिक बनाउन थालिएको यो प्रशिक्षण पाचबर्षको हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले बताउनुभयो । उहाले यो अवधिमा ७० लाख बजेट लाग्ने बताउदै स्रोत जुटाउने कामलाई समेत निरन्तता दिएका बताउनुभयो ।
विगतमा स्रँेत अभावकै कारण बन्द गरिएको यो प्रशिक्षणलाई क्रमिक रुपमा अगाडि बढाउनुपर्नेमा उहाले जोड दिनुभयो । उहाले अण्ड १३ देखि १८ सम्म प्रशिक्षण लिएका विद्यार्थीहरुले प्रशिक्षणपश्चात बीचैमा खेल जीवन छोड्न नपारोस भन्ने उद्देश्यले राज्यले यसमा अझ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
छनौटमा परेर आएका विद्यार्थीहरु समेत उत्साहित छन् । पाचथरबाट छनौटमा परेर आएका अतित आङ्बोले आफू प्रतिष्पर्धाबाट छनौट भएर आएकोले भविष्यमा यसको सदुपयोग गर्ने बताउनुभयो ।
यता अभिभावकहरु समेत आफ्ना नानीहरु छनौटमा परेर प्रशिक्षण लिन पाएकोमा दंग छन् । छनौटमा परेका झापाका पुजन थापाकी आमा रीता थापाले छोरा छनौट भएकोमा आफूलाई खुशी लागेको बताउनुभयो । उहाले
छोराको इच्छा र आफ्नो इच्छा पनि  राष्ट्रिय खेलाडी बनोस भन्ने नै रहेको बताउदै उसको हरेक प्रयासमा आफूले सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा एन्फा टेक्निल सेन्टर व्यवस्थापन समितिका महासचिव तथा एन्फा झापाका अध्यक्ष भगिरथ आलेले छनौट भएका विद्यार्थी र अभिभावकलाई सेन्टरमा बस्दा गर्नुपर्ने नियमका बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै बुटवलका एन्फा सचिव विष्णु पौडेलले धरान र बुटवलका गरी २० जना प्रशिक्षणलाई ६ महिनापछि एलाइड टिममा राखिने भएकाले प्रशिक्षण लिनेहरुले एलाइड टिममा पर्न कोशिश गर्न अनुरोध गर्दै यसका लागि अग्रिम शुभकामना समेत दिनुभयो ।
एन्फा एकाडेमीमै राखेर पाचबर्ष प्रशिक्षण दिइन्छ । यस अवधिमा
राष्ट्रिय तथा अन्तर्राष्टिूय खेलहरुमा समेत समावेश गरिने एन्फा मानार्थ उपाध्यक्ष राईले जानकारी दिनुभयो । सानै उमेरदेखि खेलप्रति अभिरुची जगाई प्रशिक्षण दिदा राष्ट्रिय खेलाडी उत्पादन हुनेमात्र हैन नेपालको खेल जगत समेत माथि उठ्ने खेलप्रमीहरुले बताएका छन्

तपाईको प्रतिक्रिया