धरान÷स्वास्थ्यका लागि व्यायाम तथा राष्ट्रका लागि सम्मान भन्ने उद्देश्यका साथ स्थापना भएको सुनसरी जिल्ला बडि विल्डिङ तथा फिटनेश एसोसिएसनले आगामी असोज ३ र ४ गते धरानमा नगर स्तरीय बडि बिल्डिङ प्रतियोगिता गर्ने भएको छ ।
धरान उपमहानगरपालिकाभित्र रहेका १७ वटा फिटनेश क्लबबाट ३४ जना बडि बिल्डिरहरुको प्रतिष्पर्धासँगै दर्शकहरुको मनोरञ्जनका लागि अप्रतियोगी जुम्बा डान्सलाई समेत समावेश गरिएको एसोसिएसनका सुनसरी अध्यक्ष चन्दन श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रतियोगितामा ओभरल प्राइज अन्तर्गत प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई ३० हजार र चौथो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी ५५ केजी तौल समूहतर्फ दोस्रो हुनेलाई १० हजार तेस्रोे हुनेलाई ५ हजार, ६० केजी तौल समूह तर्फ दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार, ६५ केजी तौल समूहतर्फ दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई ५ हजार र ७० केजी तौल समूहमा समेत दोसो हुनेलाई १० र तेस्रो हुनेलाई ५ हजार राशीको पुरस्कार, प्रमाणपत्र प्रदान गरिने
छ ।
खेलकुमा अन्य क्षेत्रमा जस्तै धरानमा शारीरिक सुगठनले आफ्नो छुट्टै पहिचान बनाएको छ । शारीरिक सुगठनको क्षेत्रमा धरानको आफ्नै छुट्टै इतिहास छ । यस क्षेत्रसँग सम्बद्ध स्थानीयदेखि राष्ट्रिय स्तरका प्रतियोगिताहरु धरानमा आयोजना भएका छन् । सुनसरी जिल्ला बडी विल्डिङ तथा फिटनेश एसोसिएनले आयोजना गर्ने २०औ मिस्टर धरानमा राष्ट्रिय खेलकुद परिषदले कुनै प्रकारको आर्थिक सहयोग उपलब्ध नगराएकोमा आयोजकले खिन्नता प्रकट गरे । nternational federaton of Bodybullding and Fitness, Asian Federaton of bodyblding and fitness, National sports counclil, Nepal Olympic Committee सँग आवद्ध सुनसरी जिल्ला बडी विल्डिङ तथा फिटनेश एसोसिएनले प्रतियोगताका लागि सम्पूर्ण स्रोत साधन आफै जुटाउने भएको छ । केन्द्रसँग धेरै पटक आग्रह गरे पनि रकम उपलब्ध नगराइएका Ifbb का तर्फबाट जर्जमेन्टको मान्यता पाउनु भएका
राजभगत प्रधानाङ्गले बताउनुभयो । वि.सं. २०२७ सालमा धरानमा पहिलो पटक मि. धरानको आयोजना भएको थियो । उहाँले भन्नुभयो बडी विल्डिङ्गको शुरुवात धरानमा रमेश खनालले गर्नुभएको थियो । त्यसपछि २०३८ सालमा नेपाल बडी विल्डिङ्ग संघको गठन हुँदा पनि खनालले नै नेपालको पहिलो अध्यक्ष बन्नु भएको थियो । एसोसिएनले आगामी फागुनमा प्रदेशस्तरीय प्रतियोगिता गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
