व्यवसायिक घराना गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याउदै सुविधा सम्पन्न गोरखा होटल प्रा.लि.

इटहरी÷पूर्वकै व्यवसायिक घराना गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पहिलो शाखा इटहरीको दोस्रो भवनमा अत्याधुनिक सुविधा सम्पन्न गोरखा होटल प्रा.लि. चाडै नै सञ्चालनमा ल्याउने भएको छ ।
डिपार्टमेन्ट स्टोरसँगै डेरी उद्योग अर्गानिक कृषि उत्पादन, बेकरी,दुग्धजन्य उत्पादन, पानी समेत उत्पादन गर्दै आएकोमा अब होटल व्यवसायमा समेत लगानी शुरु गरेको छ । केही दिन पश्चात नै सञ्चालनमा आउने गोरखा होटल प्रा.लि.९तालाको रहेको छ । स्टार होटलको झै सम्पूर्ण सुविधा प्राप्त हुने गोरखा होटल प्रा.किा सञ्चालक बलराम आचार्यको कथन छ ।
सञ्चालक आचार्य भन्नुहुन्छ होटल गोरखमा जम्मा ४२ कोठा रहनेछन् । त्यसमा रेष्टुरेन्ट, वारसमेत रहने छ भने ५० जनाको मिटिङ्ग हल रहने छ । होटलमा एउटा हल ५५ वटा कमन वेड राखिएको छ । जो
मानिस ग्रुपमा आउँछन् उनीहरुलाई लक्षित गरेर त्यसरी कमन बेडको व्यवस्था समेत गरिएको हो । होटलका कोठाहरुमा स्विट्स रुम, डिलक्स, एजुकेटिव समेत रहने छन् । यसको सञ्चालन चाँडै नै नै हुने पनि उहाँले बताउनुभयो । अत्यन्तै सुविधा सम्पन्न
गोरखा होटल प्रा.लि. सञ्चालनमा आएपछि सामुहिक रुपमा भ्रमणमा हिडेकाहरुले अब एउटै कोठामा बस्न पाउने भएका छन् । यस भन्दा अगाडि ठूलो संख्यामा भ्रमणमा निस्किएकाहरु एउटै होटलमा बस्न सक्ने अवस्था थिएन । उनीहरु भिन्दाभिन्दै होटलमा बाँडिएर बस्नुपर्ने हुन्थ्यो । लिÏट सिस्टम भएको होटलमा फ्रि वाइफाइ, लन्ड्रीको छुट्टै व्यवस्था, एसी जडित कोठाहरु, कार्ड सिस्टमबाट विद्युत अफ अनको सुविधा रहने सञ्चालक आचार्यले बताउनुभयो ।
पूर्वाञ्चलमा यतिबेला अन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यस क्षेत्रका व्यवसायीहरुले प्रसस्तै होटल सञ्चालनमा ल्याए तापनि प्रयाप्त मात्रमा छैनन् । त्यसबाट ग्राहकहरुले पाउने न्युनत्तम सुविधाहरु समेत अपुग रहेका छन् । अब गोरखा होटलल प्रा.लि सञ्चालनमा आएपछि ग्राकहकरुहरुले सम्पूर्ण सुविधा पाउने गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ सञ्चालनमा आउन लागेको गोरखा होटल प्रा.लिमा साना ठूला सवारी साधनको पार्किङ्ग समेत हुँदा आगन्तुक अथितिहरुलाई पार्किङ्गको झन्झट नहुने समेत गौतमले प्रष्ट पार्नुभयो । हाल होटलको साज सजावट, आकर्षक लाइट जडान गर्ने काम व्यवस्थित किचन र वारको काम धमाधम भइरहकेो समेत उहाँले जानकारी दिनुभयो ।
गोर्खा डिपार्टमेन्ट स्टोरमा भाग्यशाली अफर
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँचवटै शाखामा भाग्यशाली अफर योजना लागू गरेको छ ।
इटहरी, धरान, विराटचौक, पथरी, दकम शाखामा भाग्यशाली योजना लागू भएपछि ग्राहकहरुको संख्या समेत ह्वात्तैबढेको छ ।
भाग्यशाली अफर योजना अन्तर्गत ग्राहक वर्गहरुले कुनैपनि समयमा सामान खरिद गर्दा दिनमा एकघण्टा ५प्रतिशत र १० प्रतिशत सम्म छुट पाउने भएका छन् । यस्तै अर्को भाग्यशाली अफर योजनामा स्टोर सञ्चालन भएको कनै पनि समयमा २५ प्रतिशतदेखि लिएर सतप्रतिशत सम्म छुट पाउने भएकोले ग्राहकहरुको भीड बढेको स्वयम् ग्राहकहरुको अनुभव छ । बेलुका ७ बजे पछि समेत ५ देखि १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

शान्त मनोरम दृष्यमा रमाउदै किचनमा भीड


विगतका बर्षहरुको तुलनामा यस बर्ष अत्याधिक गर्मी बढेको आम सर्वसाधारणको भोगाइ रहेकोमात्र हैन मौसम विदहरुले समेत यसको पुष्टि गरिसकेका छन् । अत्याधिक गर्मीका कारण सर्वसाधारण बाहिर घुमफिर गर्न समेत हिच्किचाउँछन् । तर यस्तो प्रतिकूल मौसममा समेत गोरखा डिपार्टमेन्ट  स्टोरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आफ्ना सबै शाखाहरु एसीयुक्त बनाइएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको दमक, पथरी, विराटचौक, इटहरी र धरानमा समेत उपभोक्तालाई बाहिरको उखरमाउलो गर्मीको कुनै वास्ता हुँदैन । पाँचौ शाखाको रुपमा धरानमा सञ्चालनमा आएको गोरखा किचन सोमबारदेखि पूर्ण रुपले एसीयुक्त भएको छ । अब कुनै पनि परिकारको स्वाद लिन जाने ग्राहकहरुले गर्मीको प्रवाह गर्नु नपर्ने भएको छ । धरानमा रहेको गोरखा किचनमा आरामदायी बसाइर्सँगै बाहिरको मनोरम दृश्यको अवलोकन गर्न पाउने भएपछि किचनमा ग्राहकहरुको अत्याधिक भीड बढेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
हरेक मानिसको चाहना गर्मीले अस्तव्यस्त बनाएको अवस्थामा चिसो पिउनु र शितल ठाउँमा बस्ने हुन्छ । बजारका अन्य ठाउँमा गर्मी मेटाउनकै लागि चिसो खाँदा त्यसले सन्तुष्टि दिन सक्दैन । गर्मी ठाउँमा बसेर चिसो खानुको कुनै अर्थ रहँदैन । तर एसीमै बसेर चिसो खानुको मज्जै अर्को हुन्छ धरान १५ का हर्कध्वज राईको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखाको किचनलाई सोमबारदेखि पूर्ण रुपले एसीयुक्त बनाएपछि गोरखा किचनमा परिवारसहित पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको कथन छ । उहाँ भन्नुहुन्छ ग्राहकले मेनु हरेर जुनसुकै सामान वा परिकारको स्वाद लिन सक्नु हुन्छ । सिद्धार्थ टेम्पो संघका चालक सुधिर राई भन्नुहुन्छ हामी मजदुर मान्छे यस्तो गर्मीमा एसीमा बसेर सादा खाना रु ५० र चिकेन खाना रु ९० मा खान पाउनु ठूलो कुरा हुन्छ । अन्यत्र त्यही खाना खादा १५० देखि २०० तिर्नुपर्छ अनि गर्मीले सम्पूर्ण शरीर नै भिज्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ गोरखा किचनमा कार्यरत कुकहरु तारे होटलमा काम गरिसकेका अनुभवि रहेका छन् । काठमाण्डौको पाँचतारे होटल, पोखराका तारे हाृेटलबाट कुकुहरु मगाएको पनि उहाँले सुनाउनुभयो । साधारण खानाको र चिकेन खानाको अलावा अनुभवि कुकहरुबाट थकाली खाना समेत तयार गरिने भएकोले किचनमा ग्राहकहरुको भीड बढ्नु स्वभाविक हो ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया