सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष पदको लागि उम्मेद्वार विजय श्रेष्ठको उम्मेद्वारी घोषणा सम्बन्धी प्रेस नोट

आदरणीय पत्रकारज्यूहरु,
निर्माण व्यवसायी साथीहरु,
उद्योगी, व्यवसायी र व्यापारी साथीहरु,
उपस्थित सम्पूर्ण महानुभावज्यूहरु
आज देशले तीन तहको सरकारको गठन गरी गणतन्त्रको अभ्यास गर्दै देश समृद्धि तर्फ अगाडि बढिरहेको छ । राष्टिूय संकल्प “समृद्ध नेपाल र सुखी नेपाली” को मूल नारालाई आत्मसात गर्दै विकासका मूल सम्वाहक सरकार, गैसस निजीक्षेत्र, नागरिक समाज आ(आफ्नो भूमिका निर्वाहमा तल्लिन छन् । हामी निजी क्षेत्रले समेत यस महान अभियानमा सरकारसँग हातेमालो गरिरहेका छौँ ।
उद्योगी, व्यवसायी, व्यापारी साथीहरुको नीतिगत तथा व्यवहारिक ९क्तचबतभनष्अ उचयदझिक र एचबअतष्अब िएचयदझिक० समस्याहरुको समाधान गर्दै यस क्षेत्रको आर्थिक विकासमा नेतृत्वदायी भूमिका रहने गरी यस संघलाई स्थापित गर्न मेरो उम्मेद्वारी रहेको जानकारी गराउन पाउँदा खुशी छु ।
यसै धरान यसका आसपास क्षेत्रको विगतको व्यापारिक शाखालाई पुर्नस्थापना गर्ने र सुनसरीमा थप लगानी वृद्धि गर्न सहजीकरण गर्ने काम मेरो प्राथमिकतामा रहने जानकारी गराउन चाहन्छु ।
मेरो विगत २० वर्षको व्यवसायिक अनुभव, ज्ञान र सिकाईलाई संस्थागत गर्दै निम्न कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
१. सुनसरी उद्योग वाणिज्य संघलाई “विशुद्ध” उद्योगी, व्यवसायी र व्यापारीको लगानी सुरक्ष र प्रर्वद्धन गर्ने र तिनीहरुको समस्यालाई समाधान गर्ने एकमात्र छाता संस्थाको रुपमा स्थापित गर्नेछु ।
२. धरानको विगतको व्यापारिक गतिशिलता र पहिचानलाई पुर्नस्थापित गर्दै पुन व्यापारीक केन्द्रको रुपमा परिचित गराउनेछु ।
३. धरानले उत्कृष्टता हासिल गरेका उत्पादनमूखी उद्योगहरु धातु उद्योग, खाद्य उद्योग, घरेलु हस्तकला उद्योग, वनमा आधारित उद्योगहरु विगतको तुलनामा खस्किदो रहेकोले त्यस्ता उद्योग प्रर्वद्धन निति तयार गरी उत्पादन र बजारीकरणमा प्रत्यक्ष सहयोग गर्नेछु ।
४. व्यवसायिक कृषि उतपादन वृद्धि र बजारीकरणका लागि सुनसरी उद्योग वाणिज्य संघमा “कृषि उत्पादन तथा बजारीकरण इकाईताको गठन गरी कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने छु ।
५. कृषि थोक बजारसँग समन्वय र सहकार्य गर्दै कृषि उत्पादनलाई थप गुणस्तरीय, अर्गानिक बनाउन पहल गर्दै उत्पादनलाई “ब्रान्डिङ्ग र प्याकेजिङ्गमा” प्राविधिक सहयोग गरी राष्ट्रिय र
अन्तराष्ट्रिय बजारमा लैजाने छु ।
६.उद्योगी व्यापारीलाई प्रविधि मैत्री बनाउँदै लैजानेछु ।
७.कोशी औद्योगिक कोरीडरको प्रर्वद्धन गर्दै नयाँ औद्योगिक ग्रामको स्थापना र निर्माणमा पहल गर्नेछु ।
८.स्थानीय तहसँग सहकार्य गरी म्जबचबलदष्श ब्उउक तयार गरी व्यवसायलाई प्रविधि मार्फत प्रर्वद्धन गर्न सहयोग गर्नेछु ।
९.धरान, दुहबी जस्ता शहरमा ट्राफिक व्यवस्थापन कारणले व्यवसायमा परेको नकरात्मक असरलाई सरोकारवालासँग सहकार्य गरी व्यवसाय मैत्री टूाफिक व्यवस्थापनका लागि पहल गर्नेछु ।
१०.तिनकुने स्थित औद्योगिक क्षेत्रलाई गतिशिल बनाउँदै क्षेत्र बिस्तारमा पहल गर्नेछु । साथै नयाँ उद्योग स्थापनाको वातावरण बनाउँछु ।
११. राष्ट्रिय अन्तराष्ट्रिय व्यापार कार्यतन्त्र निर्माण साथै उत्पादन र सेवा प्रर्दशनीको लागि प्रदेशको ठूलो व्यापार प्रर्दशनी केन्द्रको निर्माण र संचालन गर्नेछु ।
१२. स्थानीय सरकारसँग समन्वय गर्दै ँल्ऋऋक्ष् प्रदेश, केन्द्रिय समिति र उद्योगीसँग सहकार्य गरी उत्पादनका डिलरहरुलाई आर्कषण गर्ने निती बनाई “डिलर हव” को रुपमा धरानलाई विकसित गर्नेछु ।
१३. कोशी राजमार्ग, निर्माणाधीन सडक मदन भण्डारी मार्ग, तमोर कोरिडर मार्ग, राके(रवि सडक, धरान(हेटौडा सडकबाट व्यवसायिक लाभ लिन च्यबम ग्तष्ष्शिबतष्यल एबिल तयार गरी व्यवसाय विकास र प्रर्वद्धन गर्नेछु ।
१४.व्यवसायीहरुको लागि पूँजी जुटाउन र सीप विकासको लागि सहजीकरण गर्न विषेश समितिको गठन गर्नेछु ।
१५. सुनसरीमा लगानी मैत्री वातावरण र निती बनाउन प्रदेश सरकार र स्थानीय सरकारसँग प्रत्यक्ष सहकार्य गर्नेछु ।
१६. धरानमा रहेका ढुवानी मजदुर र ढुवानी सेवाका व्यवसायी सँग समन्वय गरी उचित मुल्य निर्धारण गर्नेछु ।
१७. धरान पर्यटकीय शहर भएकाले पर्यटक सेवा दिइने पेशा होटल, रेष्टुरेन्ट, मनोरञ्जन स्थल आदिलाई रात्री १२ बजे सम्म खुल्ने सेवा प्रदान गर्ने वातावरण श्रृजनाका लागि पहल गर्नेछु ।
१८. धरानको उच्च प्राथमिकतामा रहेका पूर्वाधार एवम् आर्थिक विकासका क्रियाकलाप संचालनका लागि सरोकारवाला सँगको समन्वय÷सहकार्यमा “लगानी वोर्ड” को स्थापना गर्नेछु ।
१९. होटल एउटा व्यवसाय मात्र नभई उद्योग पनि हो भन्ने मान्यता स्थापित गराउने छु ।
२०. खुद्रा तथा साना मझौला व्यापारीहरुको व्यक्तिगत सुरक्षाका लागि विभागको व्यवस्थापन गर्नेछु ।
२१. घर जग्गा भाडामा लिई व्यवसाय उद्योग संचालन गरि रहेको व्यवसायीको समस्यालाई समाधान गर्न समिति गठन गर्नेछु । घर वहाल सम्बन्धी निति निर्माणका लागि सरोकारवालासँग पहल गर्नेछु ।
२२. सुनसरी उद्योग वाणिज्य संघको गतिविधी, कर व्यवस्थामा भएका परिवर्तन आदी सुचना तत्कालै पु¥याउन समुहगत क्ःक् र अन्य प्रविधि (द्रुत्त) प्रयोग गर्ने वातावरण बनाउने छु ।
२३. धरान उपमहानगरपालिकाले गठन गरेको पर्यटक समिति र उद्योग समिति सँग प्रत्यक्ष सहकार्य र समन्वय गरी दुवै क्षेत्रको विकास विस्तार र प्रर्वद्धन गर्नेछु ।
२४. प्रत्येक महिना वस्तुगत संघको अगुवाईमा उत्पादन र सेवालाई प्रर्वद्धन गर्न ःब्च्त् को आयोजना गर्नेछु ।
२५. धरानमा हुँदै आएको भ्बकत त्यगचष्कm बचत लाई निरन्तरता दिन आवश्यक सहयोग गर्नेछु ।
२६. होटल एशोसिएसन धरानको अगुवाईमा हुने सडक महोत्सव, धरान फुटवल क्लवको आयोजनामा हुने बुढासुब्बा गोल्डकप, विजयपूर आध्यात्मिक मन्चको आयोजनामा हुने वोलवम मेला, वराहक्षेत्रमा लाग्ने धार्मिक मेलाहरुको थप व्यापकताका लागि प्रत्यक्ष सहकार्य गर्नेछु ।
२७. धरानको आर्थिक विकासका लागि आवश्यक जनशक्ति तयार गर्न धरान स्थानीय सरकार र प्रदेश सरकारसँग सहयोग लिँदै औद्योगिक जनशक्ति विकास केन्द्रको स्थापना गर्नेछु ।
२८. विजयपुर, विष्णुपादुका र बराहक्षेत्र वृहत धार्मिक पर्यटन सर्किट बनाउन पहल गर्नेछु ।
१९. व्यवसायीलाई ब्रान्डिङ्ग, प्याकेजिङ्ग लगायत प्रर्वद्धनात्मक कार्य र कर सेवा सम्बन्धी कार्यमा सहयोग गर्न परार्मशदाता नियुक्त गर्नेछु ।
३०. यूवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्न छुट्टै कार्यविधी तयार गरी प्रोत्साहन कार्यक्रम संचालन गर्नेछु ।
३१. व्यवासायीलाई पर्न गएको असुविधा र समस्यालाई तत्काल समाधान गर्न ज्यत ीष्लभ टेलिफोनको व्यवस्था मिलाउनेछु ।
३२. स्थानीय सरकार र प्रहरी प्रशासन सँग समन्वय गरी बजारको सुरक्षा व्यवस्था मिलाउने छु ।
३३. व्यवसायीहरुको सामाजिक प्रतिष्ठा र सामाजिक दायित्व वोध हुने विविध कार्यहरु संचालन गर्नेछु ।
३४. व्यवसाय र मिडीया एकै सिक्काका दुई पाटा हुन । मिडीया विना उत्पादित वस्तुको बिक्री प्रर्वद्धन असम्भव छ साथै मिडीया क्षेत्रपनि आफैमा एउटा उद्योग हो । यस क्षेत्रमा सायैँ मानिसले रोजगारी पाएका छन् भने कति आफै स्वरोजगार बनेका छन् । राज्यले पनि यस क्षेत्रबाट आर्थिक लाभ प्राप्त गरेको छ तसर्थ मिडीया क्षेत्रपनि व्यवसायीक क्षेत्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा लिई मिडीया हाउसलाई व्यवसायिक बनाउन, स्थानीय मिडियाको बजार बिस्तारमा महत्वपूर्ण भुमिका खेल्ने छु । साथै व्यवसाय प्रर्वद्धनमा पत्रकारलाई प्रोत्साहन गर्न पत्रकारिता पुरस्कारको व्यवस्थालाई निरन्तरता दिनेछु ।
३५. वस्तुगत संघहरुको समस्यालाई समाधान गर्न घर घरमा÷पसल पसलमा÷उद्योग उद्योग गएर सुझाव संकलनको कार्य गर्ने छु ।
मेरो अहिले सम्मको ज्ञान, सिकाई अनुभवलाई एकिकृत गरी सुनसरीको आर्थिक विकासमा लगाउने छु । मेरो इमान्दारिता र विश्वासमा रही व्यवसायीहरुको व्यवसायमा भएको लगानीको सुरक्षा र उच्च प्रतिफल दिन विविध प्रर्वद्धनात्मक कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
आशा छ, पत्रकारज्यूहरुले मलाई विगतमा गर्नुभएको सहयोग र सदभाव प्रति कृतज्ञ छु । भविष्यमा पनि सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।

विजय श्रेष्ठलाई मतदान, उद्योगी÷व्यवसायीहरुको समस्याको समाधान ।
विजय श्रेष्ठको जित, उद्योगीहरुको हित ।
विजय श्रेष्ठलाई मतदान, उद्योगी व्यवसायीको सम्मान ।
उद्योगी व्यवसायीहरुको एकता, आजको आवश्यकता ।

 

 

तपाईको प्रतिक्रिया