धरानमा खानेपानीको चरम हाहाकार

सुनसरीको ऐतिहासिक सहर धरानमा यतिबेला काकाकुलको अवस्थाबाट गुज्रिरहेको छ । झण्डै दश बर्ष अगाडिसम्म धरानमा खानेपानीको पर्याप्त नै थियो तर तत्कालीन माओवादी कथित जनयुद्धका कारण गाउँ नै रित्तिने गरी पहाडी क्षेत्र ग्रामीणक्षेत्रहरुबा बसाई
सराईले धरानको जनसंख्या र भौतिक संरचना (घर निर्माण) तिब्र गतिमा बढेसँगै खानेपानीको हाहाकार शुरु भएको हो ।
धरानको खानेपानीको मागलाई जसोतसो पुरानै संरचनाले धान्दै आएको थियो । गणतन्त्रको स्थापनसँगै दलकाल राजनीतिको पहिलो प्रहार खानेपनीसंस्थानमै भये । मन्त्रायलका सचिवदेखि धरान नगरपालिका, तत्कालीनसात राजनैतिक पार्टीका नेतृत्वकर्ता, धरानका केही जलमाफिया, तत्कालीन सभासद सबैको सक्रियतामा एसियालीविबास बैंकसँग २ अर्ब १६ करोड ऋण तथा अनुदान सम्झौता ग¥यो । जुन सम्झौता धरानको लागि उपयुक्त थिएन ।
नेपाल खानेपानी संस्थान धरानलार्य कब्जामा गर्ने, बोर्ड गठन गरी सञ्चालन गर्ने, एसियाली किास बैंकबाट लिएको ऋणबाट
चारकोशे जंैगलमा केही डिपबोरिङ्ग गर्ने नियत प्रष्ट देखिन्थ्यो । दाल राजनैतिक प्रवृत्ति र एसियाली विकास बैंकको अनुपयुक्त ठाउामा गरिएको लगानीले धरानको खानेपानी समस्या समाधान गर्नुको सट्टा झन झन कहालीलाग्दो अवस्थामा पु¥याएको छ । सन २०११ देखि काम गरेर २०१७ बाट धरान जनताका घर घरमा २४ अ ौं घण्टा पानीदने भ्रम एडिवीको ऋण सम्झौतामा संलग्नहरुले फैल्याए । सम्झौता अनुसार न आइयुडिपीले पानी उत्पादन गर्न सक्यो न अयोजना नै सम्पन्न गर्न सक्यो । अयोजना पूर्ण रुपले असफल भएपछि नगरपालिकको नेतृत्वको समुपस्थितिमा खानेपानी संस्थाकै पाइपमा आइयुडिीले धरानका केही स्थानमा इन्टरकनेक्सन ग¥यो । स्थानीयले त्यसको विरोध गर्दा नगर नेतृत्वकै निर्देशनमा सर्वसाधारणमाथि अपमान, हातपातसमेत गर्न पछि परेनन् । आज जुन जुन ठाउँमा आइयुडिीले इन्रकनेक्सन गरेको छ ती कुनैपनि ठाउँका घरमा पानीको थाृपा चुहिन छाडेको छ । धराने जनता पछिल्ला दिन एडिवीको परियोजनाप्रति आक्रोसित भएका छन् ।
सुख्खायाम, धरान नगरपालिाकै सिफारिसमा जलाधार क्षेत्रमा भूमाफियाहरुले जग्गा प्लटिङ्ग गरेर खरिद विक्री गर्नु, खाोपानी संस्थानलाई स्थानीय निकायबाट आवश्यक सहयोग उपलब्ध नहुनु, पानीका सोतहरु नथपिनु, जननत्व बढ्नु, आइयुडिपीले पानी उत्पादन गर्न नसक्नु
धराने जनताका लागि अभिषाप बन्दै गएको छ । यो समस्या आउँदा धेरै बर्षसम्म ज्यूँका त्यूँ देखिने पष्ट छ । धरानकालागि दीगो पानीको सोतमा सप्तकोशीबाट पानी ल्याउनुको विकल्प छैन । एसियाली विकास बैंको ऋण यही प्रयाजनकालागि प्रयोग भइदिएको भए त्यो
बरदान सावित हुने थियो । धरानबाट १४ किमीको दुरीमा रहेको चतराबाट पानी ल्याउन सकेको भए भोलिका दिनमा धरानले उक्त पानी तरहरा, इटहरी लगायतका सहरहरुमा समेत विक्री गर्न सक्ने थियो । खानेपानी संस्थानले सप्तकोशीबाट पानी ल्याउन अध्यन प्रतिवेदन समेत तयार गरेको थियो । आजभन्दा१५ बष अगाडि तयार पारेको प्रतिवेदन अनुसार धरानमा सप्तकोशीबाट पानी ल्याउन केवल ९३ करोड भए पुग्ने अनुमानित लागत समेत तयार पारेको थियो । तर केन्द्रदेखि स्थानीय तहसम्मका दलाली राजनीति, दलाली कर्मचारीतन्त्रका कारण दीर्घकालीन योजनाामा ध्यानै दिइएन । जनताको भावना
विपरीत धरान नगरपालिकाले एडिवीसँग सम्झौता गरेर धराने जनतालाई धोका मात्र दिएको छैन काकाकुलको डरलाग्दो अवस्था समेत सिर्जना गरिदिएको छ ।

तपाईको प्रतिक्रिया