पूर्वी कमजोर तटबन्ध जोगाउन पाइलट च्यानल

इनरुवा÷सप्तकोशी व्यारेजको दक्षिण भारतीय क्षेत्रको पूर्वी कमजोर तटबन्ध जोगाउन भारतीय पक्षले पाइलट च्यानलबाट पश्चिम दक्षिण पानी छाडेको छ ।
पाइलट च्यानलबाट भारतीय पक्षले शुक्रबार पानी छाडेपछि एकथरीले त्यसलाई राजनीतिक रंग दिएका छन् । हनुमान नगर नगरपालिकाका एक अधिकृतले दिएको जानकारी अनुसार पाइलट च्यानलबाट भारतीय पक्षले पानी छोड्दा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोवरगडा डुबानमा नपरेको  बताए ।
स्थानीय राजनीतिक पार्टीका एक नेताका अनुसार पाइलट च्यानलबाट पानी छाड्दा पूर्वीतटबन्ध जोगिएको छ । पूर्वी तटबन्धलाई करिब करिब कोशीले क्षतिपु¥याउन थालिसकेको छ । यसपटक पानीलाई ड्राइभर्स गरिएन भने त्यसले ठूलो क्षति निम्त्याउँछ । कोशीमा ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने क्षमता छ भनिए तापनि वालुवा थुप्रिएका कारण सहत माथि आएको छ । अब कोशीमा एक लाख ५० हजार क्युसेक,  २ लाख क्युसेक पानीमात्र वहाव भएमा दुनियाको ुकनै शक्तिले जोगाउन सक्दैन पूर्व तटबन्ध फुट्छ । उनले भने मटनिया र प्रिपाही भन्ने स्थानमा कोशी फुटने सम्भावना बढी छ । त्यसै कारण भारतले त्यसलाई जोगाउन पाइलट च्यानल खोलेर कोशीको पानीको धारलार्ई पश्चिम तर्फ ड्राइभर्ट गर्न खोजेको हो । सप्तरीका सञ्चारकर्मी वैधनाथ यादवका अनुसार भारतले पानी खोल्दा नेपालका कुनैपनि निकायसँग समन्वय गरेन । समन्वय गर्नुपर्ने थियो । पानी खोल्नु भन्दा पहिले नगरपालिका लगायतका स्थानीय निकायलाई सूचना दिनुपर्ने थियो ।
सञ्चारकर्मी यादवका अनुसार नेपाली पक्षलाई बेवास्ता गेरेर पाइलट च्यानल निर्माण गर्ने हैदरावादका ठेकेदार हुन । त्यो ठेकेदार आफैले काम गरेको होइन । उसले पेटीमा काम गराएका थिए । १०÷२० करोडको काममा धरैले काम गरेको हुन्छ । हिजोसम्म के प्रचलन थियो भने दुवै देशका प्रशासन बसेर  छलफल हुन्थ्यो । त्यो नगरी पानी छोड्यो । गोवरगडामा ८०÷९० परिवार बस्छन् । उनीरुलाई आवतजावत गर्न केही समस्या भएको होला ।
परिवारहरु विस्थापित त भएका छैनन् भन्ने भन्ने सवालमा उहाँले भन्नुभयो कोही विस्थापित भएका छैनन् । उनीहरुलाई सुनको थालमा खुवाउछु, सुनको हेलिकोप्टरमा चढाउछु भन्दा पनि त्यहाँबाट आउन मान्दैनन् ।

तपाईको प्रतिक्रिया