अज्ञात समूहले बैंकका कर्मचारीमाथि गोली प्रहार

धरान÷ बैकका कर्मचारीमाथि अज्ञात समूले गोली प्रहार गरी लुटपात गरेका छन् ।
धरान १ बालिका मोडमा रहेको जीवन विकास लघु वित्त वितीय संस्था लिमिटेड धरान १ का कर्मचारी शम्भुपसाद गच्छदारलाई अज्ञात समूहले आइतबार गोली पहार गरी घाइते बनाएका हुन् ।
तीन जनाको समूहमा अज्ञात व्यक्तिले गोली प्रहारसँगै उनको साथमा रहेको नगद ४ लाख भन्दा बढी नगद लुटेर लगेको जीवन विकास लघु वित्त शाखा धरानका पमुख शिवनारायण मण्डलले जानकारी दिनुभयो ।
आइतबार दिउसो १२ बजेको समयमा सेवागाहीबाट रकम कलेक्सन गरी फर्कने क्रममा आएका  तीन जनाले झोलामा के छ हामी प्रहरी हौ भन्दै लुटपात गर्न खोज्दा गच्छदारले प्रतिकार गर्ने क्रममा  केराबारी याडशिला मोरडमा गोली प्रहार गरी लुटपाट गरेको घाइते गच्छदारले बताउनुभयोे ।
गोली पहारबाट यादवको देवे कुइना र देवे कोखामा गहिरो चोट लागेको छ । घाइते यादवको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहकेको छ । गोली कसले प्रहार भन्या भन्नेकुरा हालसम्म खुल्न नसकेको पहरीले जनाएको छ । गोली पहार गर्नेको खोजी व्यापकता बनाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया