संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा भएको लोकसभाको निर्वाचनले भारतीय जनता पार्टी र उसको गठबन्धनलाई वहुमत प्राप्त भएसँगै पुन ः नरेन्द्र मोदी भारतको शक्तिशाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
गठबन्धनको संसदीय दलको नेतामा निवर्तमान प्रधानमन्त्री मोदी नै सर्वसम्मतले चुनिनु भएपछि आगामी पाँचबर्षे कार्यकालकालागि मोदी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । भारतीय जनता पार्टी एक्लैले यसपटक अप्रिलदेखि मे १९ सम्म गरी सात चरणमा भएको थियो । भारतीय जनता पार्टी एक्लैले यसपटक ३०३ सिटमा विजय हासिल गरेको छ भने भाजपा नेतृत्वको गठबन्धनले ३५३ सिटमा बाजी मारेको छ ।
भारतमा लोकसभामा ५४३ सिटमध्ये सरकार गठनका लागि २७२ सिटआवश्यक पर्छ । सरकार गठनकालागि भाजपा आफैसँग सुविधा जनक वहुमत रहेको र गठबन्धनको समेत गर्दा यो संख्या अधिक रहेको छ । लोकसभामा दोसो ठूलो दल भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमात्र विजय हासिल गरेको छ । उसको गठबन्धन संयुक्त प्रगतिशील गठबन्धन (युपिएले) ८५सिट ल्याएको छ । विपक्षीहरुको सम्पूर्ण सिट जोड्दा पनि १०७ सिटमात्र हुन जान्छ । दुईतिहाईको वहुमतका लागि भारतीय जना पार्टी र उसको गठबन्धनलाई केवल ९ सिट अपुग देखिन्छ ।
भारतमा सुविधाजनक अत्याधिक वहुमत ल्याएर सरकार गठन गरेको भाजपाले आगामी पाँचबर्ष निर्वाध रुपले काम गर्ने भएको छ । यसभन्दा अगाडि पाँचबर्षे कार्यकाल पूरा गर्नुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले शक्ति सम्पन्न राष्ट्रको रुपमा उभ्याउन सफल हुनुभएको छ । आफ्ना नागरिकहरुका लागि दर्जनौ लोककल्याणकारी कार्यक्रम ल्याउन सफल मात्र हुनुभएन औद्योगिक क्रान्ति, डिजिटल भारत र स्वच्छ भारतका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ । आम भारतीय नागरिकमा भारतीय जनता पार्टीका माध्यमबाट आफूलाई स्थापित गराउन सफल प्रधानमन्त्री मोदीको आगामी पाँचबर्षे कार्यकाल छिमकीकालागि समेत सुखद रहने राजनैतिक विश्लेषकहरुको बुझाई छ ।
विगतको आफ्नो पाँचबर्षे कार्यकालमा भारतले आÏना छिमेकी राष्ट्रहरुलाई जसरी विश्वासमा लियो यसले आगामी दिनमा समेत निरन्तता पाउने विश्लेषकहरु बताउँछन् । झिना मसिना एक आद्य सामान्य घट्नाक्रमलाई गौण मान्दा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालबीचको सम्बन्ध अत्यन्तै विश्वासनीय,प्रगाढ मात्र रहेन अत्यन्तै फलदायी समेत रहयो । भारतमा पुनः मोदीको उदयले नेपालको समृद्धिमा कोशेढुंगा सावित हुने देखिएको छ । नेपाल वर्तमान मात्र नभएर सैयौ बर्ष अगाडिदेखि असल छिमेकी राष्ट्र हो । समान सँस्कृति, रहनसहन, धार्मिक सहिष्णुता र समानता, नागरिक नागरिकबीचको सम्बन्ध लगायतका दर्जनौ घट्नाक्रमले सम्बन्ध कसिलो र द्रबिलो रहेको छ ।
नेपाल र आफूसँग जोडिएका राष्ट्रहरुसमेत समृद्ध बन्नुपर्छ भन्ने भारतको मूल आशय रहँदै आएको पाइन्छ । आफूसँगै छिमेकी राष्ट्र सम्पन्न भए राजनैतिक स्थिरता कायम हुने उसको बुझाई रहेको छ । जसका कारण भारतले सन् १९५० देखिनै नेपालको भौतिक संरचना, शिक्षा, स्वास्थ्य, जलविद्युत लगायत दर्जनौ क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । एड नेपालको माध्यमबाट हरेक बर्ष नेपालमा भारतको कुनै न कुनै निर्माण कार्य हुँदै आएको छ । समग्रमा भन्नुपर्दा नेपालकालागि भारत संसारको सबैभन्दा ठूलो दातृ निकाय हो । नेपालमा समेत स्थायी सरकार गठन भएको र भारतमासमेत शक्तिशाली स्थायी सरकार गठनले नेपालको समृद्धिमा नयाँ आयाम थपिने कुरामा दुईमत देखिदैन । नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र हो । प्राकृतिक स्रोत साधनले परिपूर्ण छ तर त्यसको समय अनुकूल उचित प्रयोग हुन नसक्दा नेपालीहरुको जीवन स्तर उठन सकेको पाइदैन । अब नेपाल सरकारले भारत सरकारबाट यिनै कुराको अपेक्षा गर्दै नेपाली जनताको जीवनस्तर उकास्न, तिब्र विकासमा फड्को मार्न सहकार्यको आवश्यकता रहन्छ ।
